Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नीति तथा कार्यक्रमबाट सामन्त र दलालहरु आत्तिए- मन्त्री गुरुङ

काठमाडौँ, September 11, 2008- कानुन न्याय तथा संविधान सभा मन्त्री देवप्रसाद गुरुङले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामन्त र दलालहरुमाथि प्रहार गरेपछि विपक्षीहरु आत्तिएको बताएका छन् ।

भदौ २६ गते राजधानीमा आयोजिति कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले भने 'सामन्ती, दलाल र नोकरशाहीहरु सरकारको नीति तथा कार्यक्रमबाट आत्तिएका छन् ।'

नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत रहेका गुरुङले सरकारले नीति तथा कार्यक्रम लागू गरेरै छाड्ने बताए । देशमा रहेका सामन्तवादी चरित्रको अन्त गर्ने आफूहरुको मूल लक्ष्य भएको उनको भनाई थियो । मन्त्री गुरुङ्गले नेपाली कांग्रेसलगायतका केही दलहरुले नीति तथा कार्यक्रमको तर्कहीन विरोध गरेर सामन्तवादी चरित्र प्रदर्शन गरेको आरोप लगाए ।

मन्त्री गुरुङले आफूले जिम्मेवारी लिएको मन्त्रालयमा संसदीय शब्द हटाएकोमा आपत्ती जनाउनुपर्ने कुनै आवश्यकता नरहेको बताए । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई कानुन न्याय तथा संविधान सभा मन्त्रालय बनाएपछि काँग्रेसले यसको विरोध गर्दै आएको छ ।

संसदीय व्यवस्थालाई समाप्त पार्न खोजिएको भन्ने काँग्रेसको आरोप छ नि भन्ने प्रश्नमा उनले भने 'विगतमा संसदीय राजनीतिमा भएका फोहोरी खेलको समाप्त गर्न खोजेका हौं । पार्लियामेन्टरी सिष्टमका सकारात्मक पक्षहरुलाई लिएर नयां शैलीमा जानुपर्ने बताए ।'

नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले सरकारले जनयुद्ध र जनसेनालाई मान्यता दिएर विवादास्पद काम गरेको दाबी गरे । उनले भने 'नेपाली जनताले माओवादीको जनयुद्ध र जनसेनालाई मान्यता दिन मत दिएका थिएनन् शान्तिको पक्षमा मतदान गरेका हुन् ।'

१० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख गरिएको भन्दै एक वर्षमा एक हजार मेगावाटको विद्युत उत्पादनको सन्धी सम्झौता गरेर देखाउन उपसभापति श्रेष्ठले सरकारलाई चुनौती दिए । उनले माओवादीले अरुको जग्गा कब्जा गर्ने, विस्थापितलाई व्यवस्थापन गर्ने कुनै योजना नबनाएको भन्दै आलोचना गरे । आफूहरु सर्वसत्तावाद र अधिनायकवादविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने उनको भनाई थियो ।

नेकपा एमाले स्थायी कमिटि सदस्य भरतमोहन अधिकारीले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन भए मुलुकले अग्रगामी फड्को मार्ने बताए । नीति तथा कार्यक्रममा केही त्रुटी भएको बताउदै अधिकारीले भने 'छ महिनाभित्र लडाकु' समायोजन गर्ने विषय प्रशंनीय हो तर समयमै कार्यान्वयन होला ?' उनले सरकारले लगानी वृद्धि जलबिद्युत उत्पादनलाई प्राथमिकता दिएको बताए । संविधान निर्माण समयमै पूरा गर्ने लक्ष्यलाई सकारात्मक भने । द्वन्द्व व्यवस्थापन र शान्ति प्रकृया सफल बनाउन सरकार गम्भीर देखिएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रम सनातनवादी र अव्यवहारिक भएको धारणा राखे ।

-Santa Bagam in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®