|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालको दुध भारत तर्फ, नरोके स्वदेशी दुध डेरी टाट
पल्टिने पोखरा, December 7, 2008- पोखरास्थित सुजल डेरी प्रालिले भारततर्फ निर्यात हुँदै आएको नेपाली दूध रोक्न नेपाल सरकारसँग आग्रह गरेको छ । धूलो दूध उत्पादन गर्दै आएको सुजल डेरीमा दूधको अभाव भएपछि भारतमा निर्यात हुँदै आएको नेपाली दूध रोक्न आग्रह गरेको हो । करौंडोको लगानीमा नीजि क्षेत्रबाट सन्चालनमा आएको सो उद्योगले दूधको अभावमा दैनिक लाखौं घाटा व्यहोर्दै आएको कम्पनीका कार्यकारी निर्देशक निराजन श्रेष्ठले जानकारी दिनु भएको छ । वहाँले भारत निकासी दूध तत्काल बन्द नगरे नीजि क्षेत्रबाट स्थापित उद्योग धाराशाही बन्ने चिन्ता समेत व्यक्त गर्नु भयो। नेपाल दुग्ध विकास संस्थानले दैनिक करिव ४० हजार लिटर दूध भारत निकासी गर्ने गरेको वहाँको दावी छ । अहिले सो डेरीबाट स्थानीयस्तरमा उत्पादित कच्चा दूधको अभावमा केवल २५ देखि ३० प्रतिशत धूलो दूध उत्पादन हुने गरेको छ । डेरीले दैनिक ४० हजार लिटर दूध खपत गर्दै आएको छ । एक तथ्याङ्कअनुसार देशभर दैनिक चार लाख ५० हजार लिटर दूध खपत हुँदै आएको छ । तर धूलो दूध उत्पादनका लागि दैनिक दुई लाखदेखि दुई लाख २५ हजार लिटर दूधको आवश्यक रहेको बताइन्छ । तथापि सो कम्पनीका लागि दैनिक ८० हजार दूधको आवश्यकता रहेको कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ । यसैबीच सुजल डेरी प्रालिले कम्पनीबाट धूलो दूध उत्पादनका लागि आवश्यक पर्ने कच्चा दूध उत्पादनतर्फ आकर्षण बढाउन पश्चिमान्चल क्षेत्रको चितवन, मकवानपुर, दाङ लगायका जिल्लाहरुमा सफल अभियान सन्चालन गरेको छ । पाल्पाको राम्दीमा कृषक तालिम र तनुहँको याम्पा फाँटमा पशु स्वास्थ्य परीक्षण कार्यक्रम सन्चालन गरिएको डेरी अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनु भयो । किसानहरुलाई दूध उत्पादनतर्फ प्रोत्साहित गर्न लक्ष्मी विकास बैंक मार्फत् सहुलियत दरमा ऋण उपलब्ध गराउने सहमति भएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साथै डेरीले पशु विमाको लागि मासिक चार सय रुपियाँ समेत दिने भएको छ । हालसम्म डेरीले दुई सय ५० गाईभैसी खरीद गर्नका लािग ऋण उपलब्ध गराएको छ । -Rajbahadur Gurung in Pokhara |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||