|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सैन्य-राजनीतिक स्वार्थका कारण नयाँ सरकार गठनमा
ढिलाई काठमाडौं, August 10, 2008-द्वन्द पूर्णरुपमा अन्त्य नभैसकेको स्थितिमा संविधान सभामा दोश्रो ठूलो दल नेपाली कांग्रेस नेपाली सेनामाथिको पकड कायम राखिराख्न अन्तिम प्रयत्नमा लागेको छ भने माओवादी चाँही कांग्रेसको सेनामाथिको परम्परागत पकड कमजोर पार्ने योजनामा छ । संविधान सभाको चुनावी परिणाम बमोजिम माओवादी नेतृत्वमा नयाँ सरकार गठन हुन नसक्नुमा दलहरुबीचको आपसी राजनीतिक खिचातानीलेमात्र काम गरेको छैन बरु दुई ठूला दलबीचको यो 'सैन्य-राजनीतिक खिचातानी' ले प्रमुख भूमिका खेलेको छ । सेनालाई राज्यसत्ताको सबैभन्दा बलियो मेरुदण्डको रुपमा मानिन्छ । भनिन्छ, सेनामाथि जसको नियन्त्रण रह्यो राज्यसत्तामाथि उसैको पकड रहन्छ । यसअघिसम्म नेपालको सैनिक शक्तिमाथि राजाको पूर्ण पकड रहेका कारण सम्पूर्ण राज्यसत्तामाथि राजतन्त्रको पकड थियो । कतिसम्म भने सेनामाथिको नियन्त्रणकाकारण राजाले जननिर्वाचित सरकारलाई समेत अपदस्थ गरेर आफ्नो सकृय शासन सुरु गर्न सके । जब सेनामाथि उनको पकड कमजोर भयो राजामात्र हट्नु परेन राजतन्त्रकै अन्त्य समेत भयो । सेनामाथिको पकडकै कारण संविधान सभाको चुनाव हारेपनि कांग्रेस अहिलेसम्म सत्तामा बसिरहेको छ । २०१७ को शाही फौजीकाण्डपछि अपदस्थ बनेका तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो आत्मबृत्तान्तमा '२००७ मा आफूहरुले बनाएको जनमुक्ति सेनालाई जीवितै राख्न सकेको भए राजाले आफूलाई अपदस्थ गर्न सक्दैनथे' भनेका छन् । बीपीले राजनीतिक पार्टीको नेतृत्वमा सैनिक शक्ति हुनुपर्ने कुरामा जोड दिएका छन् । बीपीले भने बमोजिम कांग्रेसले अहिले आफ्नै छुट्टै सैन्य शक्ति बनाएको भने छैन । बरु उसले राज्यको सैन्य शक्तिलाई आफ्नो बनाउने नीति लिएको छ । माओवादीहरु त झन् सैन्य-राजनीतिक मामिलामा सबैभन्दा बढि पारंगत छन् । नेपालमा यदि कसैले सैन्य राजनीतिको महत्व बुझेका छन् भने माओवादीले बुझेका छन् । सैनिक शक्तिको आवस्यकता देखेकैले उनीहरुले आफ्नो नेतृत्वमा जनमुक्ति सेनाको निर्माण गरे । फलस्वरुप उनीहरुसँग अहिले क्यान्टोनमेन्टमा रहेको करिव २० हजारको सैन्य शक्ति छ । यसबाहेक जनयुद्धकालमा फौजी तालिम पाएका हजारौं हजार युवा कार्यकर्ताहरु उनीहरुसँग छन् र उनीहरु योङ्ग कम्युनिष्ट लिग 'वाइसीएल' मा संगठित छन् । माओको 'राज्यसत्ता बन्दुकको नालबाट निस्कन्छ' भन्ने भनाईले उनीहरुलाई विशुद्ध राजनीतिलेमात्र राजनीति जितिन्न यसकालागि फौजी शक्तिपनि चाहिन्छ भन्ने कुरा सिकाएको छ । नेपाललाई २ सय ५ निर्वाचन क्षेत्रमा बाँडिएका बेला २०५६ को निर्वाचनमा नेपाली कांग्रेसले १ सय ९ स्थानमा जितेको थियो । २०४८ को निर्वाचनमा त अझ १ सय १३ स्थानमा विजय हासिल गरेको थियो । दोश्रो स्थानमा पुगेको बेलापनि २०५१ को निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभाका ८३ सिट प्राप्त गरेको थियो । तर २०६४ को निर्वाचनमा उसले संविधान सभाका २ सय ४० स्थानमध्ये जम्मा ३७ स्थानमामात्र विजय हासिल गर्न सक्यो । मत सिट र प्रतिसतका हिसावले कांग्रेस यो निर्वाचनमा निकै पछि परेको देखिन्छ । |
|
|
यो तथ्याङ्कले के देखाउँछ भने पन्चायतकालमा बाहेक नेपाली कांग्रेस यदि आफ्नो इतिहासमै कुनै बेला कमजोर बनेको थियो भने यतिबेला सबैभन्दा बढि कमजोर बनेको छ । उसका परम्परागत सबै किल्लाहरु ध्वस्त भएका छन् । उसको गढ मानिने सुदुर पश्चिम र पश्चिममा माओवादीले झण्डा फहराएको छ । माओवादीको विस्तारले एमालेमात्रलाई असर पुर्याउने ठानिएको थियो तर सबैभन्दा असर पारेको रहेछ कांग्रेसलाई । स्वभाविक हो कि जनमतमा समेत कमजोर देखिएपछि त्यसको असर कर्मचारीतन्त्रमापनि परेको छ । यो स्थितिमा सेनामाथिको पकड कायमै राखेर नेपाली कांग्रेस राज्यसत्तामाथिको आफ्नो पकड कायमै राख्न चाहन्छ । राष्ट्रपतिको दावी नेपाली कांग्रेसले नेपाली सेनामाथिको पडक कायमै राख्नकालगि गरेको थियो । किनभने 'सेरमोनियल राष्ट्रपति' नेपाली सेनाकोपनि 'सेरमोनियल परमाधिपति' हुने प्रावधान अन्तरिम संविधानमा राखिएको छ । राष्ट्रपति आफूले नपाउने पक्का भएपछि प्रतिपक्षमा बस्ने निर्णय गरेको नेपाली कांग्रेसले सुरक्षा परिषद्मा प्रतिपक्षी दलका नेतालाई राख्नुपर्ने अडान लिएको थियो । सुरक्षा परिषद्मा प्रतिपक्षी दलको नेताको व्यवस्था गरेपछि सुरक्षा परिषद्मार्फत् सेनामा आफ्नो प्रभाव कायमै राख्न सकिन्छ भन्ने कांग्रेसको सोचाई थियो । तर सुरक्षा परिषद्मा प्रतिपक्षी दलको नेतालाई राख्ने कांग्रेसको प्रस्ताव संविधान सभाको बैठकले अस्वीकृत गर्यो । प्रतिपक्षी दलको नेता सुरक्षा परिषद्मा रहने व्यवस्था गर्न कांग्रेस असफल भएपछि कांग्रेस फेरि सरकारका जाने सोचाईमा पुगेको छ । तर आफूले रक्षा मन्त्रालय पाएमात्र जाने अडान कांग्रेसको छ । सरकार गठनकालागि ठूला चार दलको वार्ता शुक्रबार असफल हुनुको कारण यही थियो । यो अडान काग्रेसले नछाडेकाले शनिवार त झन् वार्ता नै हुन सकेन । रक्षा मन्त्रालय नपाए आफू प्रतिपक्षमा बस्ने धम्की कांग्रेसले दिएको दियै छ । एमालेले कांग्रेस विनाको सरकारमा नजाने भनेकाले अन्तिमसम्मपनि रक्षा मन्त्रालयका लािग कांग्रेसले अडान लिइ नै रहनेछ । किनभने एमाले सरकारमा नगएपछि माओवादीले एक्लै सरकार बनाउन सक्दैन भन्ने कांग्रेसलाई थाहा छ । रक्षा मन्त्रालयप्रति कांग्रेसको यतिसार्हो आकर्षण किन होला त? किनभने रक्षा मन्त्रालय नेपाली सेनाको परिचालन तथा व्यवस्थापन गर्ने मन्त्रालय हो । यो मन्त्रालय पाएको खण्डमा सरकारको नेतृत्व माओवादीले गरेपनि सेनामाथिको पकड कायमै राख्न सकिन्छ भन्ने कांग्रेसको विश्लेषण छ । माओवादीको आफ्नै सेना भएकाले रक्षा मन्त्रालय कांग्रेसले पाउनुपर्ने कांग्रेसको भनाई यसैको उपज हो । माओवादीसँग आफ्नै जनमुक्ति सेना भएकाले नेपाली सेनालाई आफ्नो पकडमा राख्नुपर्छ भन्ने नेपाली कांग्रसको धारणा छ । सेनामाथिको पकड कायमै राख्न सकिएमा भोलि सेनाको बलमा राजाले झैं माओवादी सरकार विरुद्ध 'कू' गर्न सकिने योजना हुनसक्छ । माओवादीले राम्रोसँग सरकार चलाउन सक्यो र धेरैभन्दा धेरै जनताको विश्वास जित्न सक्यो भने आफ्नो भविष्य चौपट हुने डरले ग्रस्त छन् नेपाली काग्रेसका नेताहरु । त्यो स्थितिमा बलमा माओवादीलाई सत्ताच्यूत गर्न सकिने कांग्रेसको सोचाई हुनसक्छ । कांग्रेसका नेताहरुको भनाई भने फरक छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेल भन्छन्- 'माओवादीसँग आफ्नै सेना भएकाले शक्ति सन्तुलनकालागि रक्षा मन्त्रालय कांग्रेसले माग गरेको हो।' माओवादीको बुझाई भने फरक छ । एक माओवादी नेता भन्छन्- 'कांग्रेसले रक्षा मन्त्रालय माग गरेको सन्तुलनकालागि होइन रक्षा मन्त्रालय मार्फत् सेनालाई आफ्नो पकडमा राख्नकालागि हो ताकि भोलि कुनै बेला सेनाको बलमा जनताबाट निर्वाचित सरकारलाई राजाले जस्तैगरी कू गर्न सकियोस् ।' ती नेताको थप भनाई छ- 'सामन्तवादको नेता राजतन्त्र समाप्त भएपनि सामन्तवादको नयाँ नेतृत्व कांग्रेसले सम्हालेको छ । र उ सामन्तवादको रक्षाकालागि सेनालाई आफ्नो पकडमा राख्न चाहिरहेको छ ।' कांग्रेसले रक्षा मन्त्रालयको माग गर्नुमा अन्य दुई कारणपनि छन् । ती हुन्- (१) सेनाका उच्च तहका जनरलहरुको सल्लाह र (२) नेपाली सेना र जनमुक्ति सेनाको समायोजन कार्यमा भाँजो हाल्न खोज्नु । राजतन्त्रको छत्रछाहारीमा रहेका तथा जनआन्दोलन एबं माओवादी जनयुद्ध दबाउन सकृय रहेका कतिपय सैनिक उच्च अधिकृतहरु कांग्रेसलाई कुनैपनि हालतमा रक्षा मन्त्रालय नछाड्न कांग्रेसलाई दबाब दिइरहेका छन् । यसरी दबाब दिनेको नेतृत्व प्रधानसेनापति रुक्माङ्गद कटवाल आफैले गरेका छन् । उनीलगायतका केही जनरलहरुलाई के डर छ भने माओवादीले रक्षा मन्त्रालयसहित सरकारको नेतृत्व सम्हाल्यो भने आफूहरु बर्खास्तगीमा पर्नेमात्र होइन युद्ध अपराधको आरोपसमेत लाग्छ । सैनिक सहयोगमा राजा ज्ञानेन्द्रलाई कू गर्नकालगि सल्लाह दिनेमा प्रधानसेनापति कटवाल अग्रणी थिए । यसैगरी जनआन्दोलन दबाउनेको सूचीमा राममाझीले आयोगले कटवाललाईपनि राखेको छ । तर प्रधानमन्त्री कोइरालालाई माओवादीको हाउगुजी देखाएर उनी प्रधानसेनापतिको रुपमा कुर्चीमा टिकिरहेका छन् । रक्षा मन्त्रालय कांग्रेसले लिएमा आफूमाथिको कार्वाही रोक्न सकिने कटवालको विश्वास छ । आफूले रक्षा मन्त्रालयको जिम्मेवारी लिएर तथा कटवाललाई प्रधानसेनापतिकैरुपमा कायम राखेर नेपाली सेनामथिको पकड कायम राख्ने तथा जनमुक्ति सेनाको समायोजन कार्य रोक्ने कांग्रेसको योजना छ । सेना समायोजन कार्य रोक्न सकिए माओवादीलाई फौजी रुपमा समेत कमजोर पार्न सकिने र माओवादी फौजी रुपमा कमजोर हुँदा उसलाई राजनीतिक रुपलेसमेत कमजोर पार्न सकिने कांग्रेसले सोचेको छ । यही सैन्य-राजनीतिक स्वार्थकाकारण नेपालको राजनीति दिनदिनै झन् झन् अन्यौलपूर्ण बन्दै जान थालेको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||