
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
उपनिर्वाचन चैत २८ गते (अप्रिल १०), मतदान गर्न नागरिकताको
प्रमाणपत्र अनिवार्य

Chief Election Commissioner Bhojraj
Pokhrel. Photos: Santa
काठमाण्डौ, 6 Feb, 09-
आगामी चैत २८ गते हुने संविधान सभा उपनिर्वाचनमा मतदान गर्न नागरिकताको
प्रमाणपत्र अनिवार्य बनाइएको छ ।
प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले माघ २४ गते दलहरुसँग भएको छलफलमा
भने 'मतदाता नामावली नाम भएर मात्रै पुग्दैन नागरिकता नभएका मतदाताहरुलाई
बनाउन भन्नुस् ।'
आयोगले आयोजना गरेको छलफलमा सहभागी दलका प्रतिनिधिहरुले आयोगद्धारा
प्रस्तावित निर्वाचन कार्यतालिकामा समर्थन जनाएका छन् ।
चुनाव तालिका अनुसार उम्मेदवारहरुको मनोनयन दर्ता चैत १ गते २ गते, दर्ता
भएका उम्मेदवारको सूचि प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी ३ गते,
मनोनयनपत्र र उजुरीपत्र माथि जाँचबुझ ४ गते, उम्मेदवारको नामावली प्रकाशन ५
गते, उम्मेदवारी फिर्ता र ६ गते अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह
प्रदान गरिने छ ।
प्रमुख निर्वाचन आयुक्त पोखरेलले मतदान केन्द्र गत वर्षकै स्थानमा राखिने,
मतदान गर्दा औंलामा लगाउने मसीको सट्टा मार्कर पेन प्रयोग गरीने जानकारी
दिए ।
उपनिर्वाचन हुने मोरङ क्षेत्र नम्बर ५ र ७, धनुषा-५, कास्की -१, रोल्पा-२ र
कन्चनपुर-४ मा विद्युतीय मेशिनबाट मतदान हुँदैछ । दलका सहभागीहरुले
विद्युतीय मेशिनबाट मतदान गराउने विधि सबै मतदाताहरुलाई सिकाउनु पर्नेमा
जोड दिएका थिए ।
-Sitaram Baral in Kathmandu
|
|