Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी पोलिट ब्यूरो सदस्य मात्रृका यादव पार्टीको साधारण सदस्यबाट निश्काशन

काठमाण्डौ, 14 Feb, 09- एकिकृत नेकपा माओवादी पोलिट ब्यूरो सदस्य मात्रृका यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्काशन गरिएको छ ।

उता यादवले आफ्नो निस्कासनलाई हास्यास्पद बताएका छन् । उता माओवादीले भने यादवको बहिर्गमनले पार्टीलाई कुनै नकरात्मक असर नपार्ने दावी गरेको छ ।

एकिकृत माओवादीको फागुन ३ गतेको वैठकले यादवलाई निश्काशन गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । यादवले भने माघ २९ गते पत्रकार सम्मेलन गरेर आफू एकिकृत माओवादीमा नरहेको तथा नेकपा माओवादीलाई नै पुर्नगठन गरेको घोषणा गरेका थिए ।

यादव माओवादीमा राष्ट्रिय पहिचान बनाउन सफल नेता थिए । उनको हक्की स्वभावको सबैले प्रशंसा तथा जिद्दीपनाको आलोचना हुँदै आइरहेको छ ।

बुद्धनगरस्थित पार्टी मुख्यालयमा बसेको वैठकपछि सन्‍चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता शर्माले पार्टी विधान विपरीत अराजकता, अनुशासनहिनता देखाएकाले निश्काशन गर्नु परेको बताए । यादवले आत्मआलोचना गरेमा उनीमाथिको कारवाहीमा पार्टीले पुर्नविचार गर्न सक्ने शर्माको भनाई थियो ।

प्रबक्ता शर्माले शनिवारको बैठकले मधेशमा पार्टी संगठन र आन्दोलन प्रभावकारीरुपले विस्तार गर्न कार्ययोजना तय गरिएको जानकारीसमेत दिएका छन् ।

माओवादीले यादवको बहिर्गमनले पार्टीलाई कुनै असर नपर्ने बताएपनि त्यसको असर भने देखिन थालिसकेको छ । शुक्रबारमात्रै एकिकृत माओवादीका थारुवान राज्य समिति सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाकाका केन्द्रीय सचिव परमानन्द बर्माले बाँके माओवादीका थुप्रै नेता कार्यकर्तासहित पार्टी छाडेको घोषणा गरेका छन् । बर्माले मातृका यादवसँगै पुरानै नेकपा माओवादी पुनर्गठन अभियानमा लाग्ने जानकारीपनि दिएका छन् ।

-Santa Bagam & Sitaram Baral in Kathmandu









   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®