|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रचण्डले मातृकाजीलाई भने रे- 'मैले क्रान्ति सम्पन्न गर्न
सकिन भने तपाईंसँगै आउँछु' काठमाण्डौ, 16 Feb, 09- मातृका यादव सुध्रेर आए एकिकृत नेकपा माओवादीको ढोका खुल्ला रहेको सो पार्टीको केन्द्रीय सचिवालयले बताइरहेका बेला नेता यादवलेपनि एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड सुध्रेर आए आफूले नेतृत्व गर्ने पुनर्गठित नेकपा माओवादीको ढोका खुल्ला रहने जवाफ फर्काएका छन्। एकिकृत माओवादी र पुरानै नेकपा माओवादीको पुनर्गठन गर्न लागेका यादवबीच विस्तारै वाकयुद्ध सुरु भएको छ । यादवले माओवादी संसोधनबादी धारमा गएको, सरकारमा पुगेपछि सुविधामा भुलेर क्रान्तिलाई तिलान्जली दिएको आरोप लगाएका छन् भने माओवादीले यादवको सनकीपनामा अझै सुधार नआएको बताएको छ । एकिकृत माओवादीको शनिवार बसेको केन्द्रीय सचिवालयको बैठकले यादवलाई पार्टीको साधारण सदस्यबाट समेत निस्कासन गरेको थियो । साथै उनी सुध्रेर आएमा पार्टीमा स्थान दिन सकिने निर्णयपनि सोही बैठकले गरेको थियो । यादवले भने आफू एकिकृत माओवादीमा फिर्ता नहुने बताएका छन् । 'प्रचण्डले माओवाद छाडेका छन् उनमा विचलन आएको छ र क्रान्ति एबं जनयुद्धलाई धोका भएको छ' आइतबार नेकपा माओवादी धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले भने- 'यदि प्रचण्डले आफूलाई सुधार गरी आए भने हामो पार्टीमापनि उनकालागि ढोका खुल्ला छ ।' पार्टी छाड्नुअघि भएको कुराकानीमा एकिकृत माओवादी अध्यक्ष प्रचण्डले आफूले क्रान्तिको नेतृत्व गर्न नसकेमा मातृकाको पार्टीमा जाने बताएका खुलाशापनि यादवले सोही कार्यक्रममा गरे । यादवको भनाई थियो- 'मातृकाजी मैले क्रान्ति सम्पन्न गर्न सकिन भने तपाईंसँगै आउँछु भनेर प्रचण्डले भनेका छन् ।' -Sitaram Baral in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||