Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

माओवादीका पूर्व मन्त्री तथा पोलिटब्यूरो सदस्य नेता यादवले नयाँ पार्टी बनाए



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Maoist leader Matrika Yadav at the press conference. Photos: Santa

काठमाण्डौ, 11 Feb, 09-
माओवादी नेता मात्रृका यादवले प्रचण्ड लगायतका नेताहरु माओवादी छाडेर नयाँ
पार्टीमा गएको बताउँदै नेकपा माओवादी पुर्नगठन भएको घोषणा गरेका छन् ।

राजधानीमा माघ २९ गते पत्रकार सम्मेलन गरेर यादवले संविधान सभा सदस्यबाट राजिनामा दिएको घोषणासमेत गरेका छन् । कार्यक्रममा यादवले छिट्टै सभामुखलाई लिखित राजिनामा दिने जानकारी दिए । पुस २९ गते नेकपा एकता केन्द्र र माओवादीवीच एकिकरणपछि एकिकृत नेकपा माओवादी पार्टी बनाइएको थियो ।

एकिकृत माओवादीमा यादव पोलिटब्यूरो सदस्य रहेका थिए । पत्रकार सम्मेलनमा यादवले एकता केन्द्र मसालसँगको एकिकरण भक्तपुरको खरिपाटीमा भएको माओवादी राष्ट्रिय कार्यकर्ता भेलाको म्यान्डेट विपरीत भएकाले आफूले नयाँ माओवादीलाई पुर्गठन गर्नू परेको बताए ।

नेता यादवले शान्ति प्रकि्रया पछि प्रचण्डले क्रान्तिकारी नेता, कार्यकर्ताको कुरा नसुन्ने गरेको दाबी गरे । एकिकृत माओवादी अध्यक्ष प्रचण्डले क्रान्तीकारी नेता गुमाउँदै गएको बताउँदै यादवले भने 'पार्टी एकिकरणको नाममा युद्धको बेलामा व्यापार, व्यावशाय गरेर बसेकाहरुलाई प्रचण्डले नेता बनाएका छन् ।'

यादवले शान्ति प्रकि्रयापछि माओवादी केन्द्रीय समितिको वैठकमा मधेशको विषयमा छलफल हुनै नसकेको बताए । उनले क्रान्ति पक्षधर नेता, कार्यकर्ता, माओवादी लडाकुको समर्थन रहेको दाबी गरे । माओवादी छाडेकाहरुले बनाएको 'रिभुलिसनरी लेफ्ट वीङुका नेताहरुसँग छलफल भएपनि एकताको टुङ्गो लागि नसकेको यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।
 
माओवादीबाट मन्त्रीसमेत बनी सकेका यादवले मधेशका पार्टीहरुको विषयमा मधेशमा भएका पार्टीहरु जमिन्दारका पार्टी र विदेशीबाट सन्‍चालित भनेका छन् ।

-Santa Bagam in Kathmandu









Photos: Santa
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®