Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

२१ स्वर्ण, ९ कास्य र ५ रजत पदक सिङ्गापुरको लागि जित्‍ने नेपाली



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
विश्व म्याराथन धावक टंकबहादुर मगर न्यूयोर्कमा सम्मानित


Marathon runner Tankabahadur Magar in Singapore. Photo courtesy: Tanka

न्यूयोर्क, October 19, 2008- "मलाई जिन्दगीमा दुई पटक खुशी लागेको छ", उनले भाबुक हुँदै भने- "सर्ब प्रथम गाउँबाट भर्ती भएर सिङ्गापुर पुलिस फोर्समा चुनिदा म निक्कै खुशी भएको थिएँ । आज चाँही जिबनमा दोश्रो पटक अति नै खुशी लागेको छ किन कि लाङ्घाली एसोसिएसनले मेरो कामको कदर गर्दै यो सम्मान दिएको छ। यो सम्मान मैले धेरै दु:ख गरेर कमाएको थुप्रो मेडल र खेल अवार्डहरु भन्दा आत्मिय छ किन कि यो मलाई माया गरेर दिएको हो, त्यो दु:ख गरेर कमाएको हो।"


Marathon runner Tanka Thapa Magar receiving award from Nagendra Rana Magar, Advisor, Langhali Association USA Inc. Photo: Ang Kami Sherpa (PhotoHera.Com)
 

Members of Langhali Association USA Inc. with honorees Marathon runner Tanka Thapa Magar and USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa Magar. Photo: Ang Kami Sherpa (PhotoHera.Com)

उनले यसो भनी रहँदा यो पन्क्तिकारले भने उनको बायोडाटा हेर्दै थियो। अँ, हो त नि- उनको छ बर्ष सिङ्गापुर गोर्खा कण्‍टिन्‍जेण्‍ट पुलिस फोर्सको 'लाहुरे' जागिर खाँदा एक क्षण पनि बिश्राम लिए होला जस्तो लाग्दैन उनको २१ स्वर्ण, ९ कास्य र ५ रजत पदक म्याराथन दौड बिजयको रफ्तार हेर्दा।


Photo courtesy: Tanka

तर अहिले उनी न्यू योर्कमा छन्‌। धनकुटाको गाउँमा २५ बर्ष अघी जन्मिएका टंकबहादुर मगर सिङ्गापुर देशको लागि विश्वका शहरहरुको गल्ली गल्ली दौडदा दौडदै अमेरिकामा बरालिन आइ पुगेका रहेछन्‌ एक बर्ष अघी। अब उनलाई धनकुटा र सिङ्गापुरभन्दा न्यू योर्क नै बेसी रमाइलो लाग्न थालेको छ।

उनले भने "यतै बसियो- अब अमेरिकाको लागि म्याराथन गर्नु पर्ला।" त्यसो भए सिङ्गापुरको गोर्खा कण्‍टिन्‍जेण्‍टको रसिलो जागिर नखाने? केही बेर घोरिएर उनले भने- "उता जती दु:ख गरे पनि यहाँको जस्तो कमाइ हुँदैन। यहाँको कमाइ पनि राम्रो, आफ्नो मर्जी पनि चल्छ। अर्काको देश कै लागि दु:ख गर्ने (म्याराथन दौड) हो अमेरिकाको लागि गर्दा अझ राम्रो होला भन्ने ठानेको छु।"



म्याराथन धावक टंकले लाङ्घाली एसोसिएसनको सम्मान पाएपछि म्याराथन दौड अमेरिकामा कायमै राख्ने र नेपालीको नाम उचा पार्ने संकल्प लिएको बताएका छन्‌। उनको उमेर र जोश हेर्दा उपयुक्त मौका पाए यिनले फेरी अमेरिकाको नाम चम्काउने पक्का देखिन्छ।

तर यि खेल जगतका धुरन्धर नेपाली प्रतिभालाई नेपाल फर्काइ नेपाल कै नाम जगमगाउने मेसो मिलाउने कोइ छ नयाँ नेपालमा? टंकले यो सोधाई पढे पछि के सोच्ने हुन् कुन्नी?

यो पन्क्तिकारसँगै विश्व म्याराथन धावक टंकबहादुर मगरलाई लाङ्घाली एसोसिएसन युएसएले आज दिउँसो सम्मानित गरेको थियो ।

-Pradeep Thapa Magar in New York. Comments? 551-358-7726







Photo courtesy: Tanka
 
Read our related news:
» अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृत्व (6 Photos)
» २१ स्वर्ण, ९ कास्य र ५ रजत पदक सिङ्गापुरको लागि जित्‍ने नेपाली
  विश्व म्याराथन धावक टंकबहादुर मगर न्यूयोर्कमा सम्मानित (7 Photos)
» युएस नेपाल अनलाईनका प्रधान सम्पादक सम्मानित (2 Photos)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®