|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादी 'ह्विल चियर' मा
बसेर सरकारमा नजाने 'अडान नछाड्ने दल प्रतिपक्षमा बस्छ' -प्रचण्ड काठमाडौं, August 12, 2008- सहमतीको सरकार निर्माणमा रक्षा मन्त्रालय वाधक बनेपछि काँग्रेस र माओवादी मध्ये एक प्रतिपक्षमा रहने संभावना बढ्दै गएको छ । दुबै पार्टीले रक्षा नछाड्ने भएपछि सहमतीको सरकार कसरी बन्छ त भन्ने प्रश्नमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्पष्ट जवाफ दिए 'अडान नछाड्ने दल प्रतिपक्षमा बस्छ ।' साउन २७ गते एमालेसँगको छलफल पछि प्रचण्डले सन्चारकर्मीलाई यस्तो जवाफ दिएका हुन् । एमालेसँग वार्ता गर्न पुगेका काँग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीको सरकारमा जाने बटम लाईन रक्षा मन्त्रालय नै भएको दोहोर्याएका छन् । पौडेलले रक्षा मन्त्रालयसँगै यसअघि काँग्रेसले राखेको सात बुँदे सर्त पालना हुनु पर्ने बताए । काँग्रेसले माओवादीलाई अधिकार सम्पन्न भन्दा पनि सन्तुलित सरकारको मात्रै नेतृत्वगर्न दिन चाहेको पौडेलले खुलासा गरे । 'हामी अहिले रक्षा मन्त्रालय आफूसँगै राखेर शक्ति सन्तुलन कायम गर्न चाहन्छौं' पौडेलले भने । उता माओवादी सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख सिपी गजुरेलले आफ्नो पार्टी 'ह्विल चियर' मा बसेर सरकारमा नजाने भनाई सार्वजनिक गरी सकेका छन् । गजुरेलको भनाई छ 'रक्षा, गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालय विना प्रधानमन्त्री पाउनु कोठामा बस्नै नपाउने तर सिङ्गो घर पाउने जस्तै हो ।' काँग्रेस नेता डा. मिनेन्द्र रिजाल माओवादीले अझै शान्ति प्रकृयालाई आत्मासात गर्न नसकेकाले रक्षा मन्त्रालय काँग्रेसले पाउनु पर्ने जिकिर गर्छन् । एमाले महासचिव झलनाथ खनाल भने अझै सहमतीको सरकारको संभावना टरी नसकेको बताउँछन् । आदिवासी जनजाति भेषभुषा प्रर्दशनी कार्यक्रममा खनालले काँग्रेस र माओवादीलाई आ-आफ्नो अडान छाड्न आग्रह गरे । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि माओवादी वा काँग्रेस विनाको सरकारको कल्पना नगरेको बताए । माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस उपसभापति पौडेल स्वयमले समेत प्रधानमन्त्रीको मनोनयन दर्ता हुनु अघि सम्म सहमतीको प्रयास जारी रहने बताएका छन् । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||