|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादी सरकारमा नजाने, कांग्रेस-एमाले-फोरम
गठबन्धनमा मधेसी हाबी "हातखुट्टा बाँधेर सरकारमा पठाउन लागिएको छ ।"- प्रचण्ड काठमाडौं, July 22, 2008- नेकपा माओवादी ले आगामी सरकारमा नजाने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले यो निर्णय गरेको हो । आफू प्रतिपक्षमा बस्ने निर्णय गर्दै माओवादीले नयाँ सरकार गठनकालागि राष्ट्रपति डा. रामबरण यादवले कांग्रेस-एमाले-फोरम गठबन्धनसँग आग्रह गर्नुपर्ने बताएको छ । माओवादी सरकारमा नजाने निर्णय गरेपछि सरकारको नेतृत्व आफूले गर्न पाउने दावी मधेशी जनअधिकार फोरमले गरेको छ । केन्द्रीय सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार अपरान्ह आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले संविधान सभा चुनावपछि माओवादी सरकार बन्न नदिन सुरु भएको षडयन्त्रको उत्कर्षरुप राष्ट्रपतीय निर्वाचन भएको बताए । माओवादीमाथि चौतर्फी घेराबन्दी गर्दै हातखुट्टा बाँधेर सरकारमा पठाउन लागिएको बताउँदै प्रचण्डले यस्तो अवस्थामा आफूहरु सरकारमा नजाने निर्णय गरेको बताए। उता माओवादी सरकारमा नजाने भए मधेशी जनअधिकार फोरमलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने माग फोरम संसदीय दलका नेता बिजयकुमार गच्छेदारले गरेका छन् । राष्ट्रपति निर्वाचनका बेला नै यस्तो सहमति भएको तर त्यसलाई सार्वजनिक नगरिएको बताउँदै नेता गच्छेदारले यो सहमति कांग्रेस-एमालेले कार्यान्वयन नगरे विहीबार हुने संविधान सभा अध्यक्षको पद एमालेलाई दिने कुरामा फोरमले पुनर्विचार गर्ने चेतावनी दिएका छन् । यसरी राष्ट्रपतिमा माओवादीलाई पराजित गर्न बनेको कांग्रेस-एमाले र फोरमको गठबन्धन एक हप्तापनि नपुग्दै संकटमा परेको छ । प्रतिपक्षमा बस्ने माओवादी निर्णयले तीन दलीय गठबन्धनलाई अप्ठेरोमा पारेको छ । संविधान सभा भित्रको अंक गणितीय खेलमा तीन दलीय गठबन्धन विजयी भएपनि जनमत भने माओवादीको पक्षमा छ । माओवादी सरकारमा नगई प्रतिपक्षमा रहँदा तीन दलीय गठबन्धन जनताको आक्रोसको सामना गर्नुपर्ने स्थिति छ। -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||