देशको ध्यान राष्ट्रपति निर्वाचनतर्फ माओवादीले कोइराला र नेपाललाई कुनै हालतमा
राष्ट्रपति नमान्ने
काठमाडौं, July 7, 2008-
आइतबार मधेशवादी दलहरुसँगको सहमतिपछि देशको ध्यान राष्ट्रपति
निर्वाचनतर्फ केन्द्रित भएको छ ।
किनभने मधेशवादी दलसँग भएको सहमति बमोजिम संविधान संसोधन भएमा सर्वप्रथम
राष्ट्रपति-उपराष्ट्रपतिको चयन हुनेछ ।
यसैक्रममा माओवादीका सचिवालय सदस्य टोपबहादुर रायमाझीले गिरिजाप्रसाद
कोइराला र एमाले नेता माधवकुमार नेपाललाई कुनै हालतमा राष्ट्रपति मान्ने
दोहोर्याएका छन् । बरु आफूहरुले सरकारको नेतृत्व छाड्ने तर कोइराला या
नेपाललाई राष्ट्रपति बन्न नदिने नीति रहेको उनले खुलाशा गरेका छन् ।
पदको लोभ गरे कोइरालालाईपनि ज्ञानेन्द्रकै हालतमा पुर्याउने चेतावनी पनि
माओवादी नेता रायमाझीले दिएका छन् । 'गिरिजाप्रसाद कोइराला कुनै हालतमा
राष्ट्रपति बन्न सक्नुहुन्न' रायमाझीले रिपोटस्र क्लवमा आयोजित साक्षात्कार
कार्यक्रममा भने- 'पदको लोभ गरिरहे कोइरालालाई ज्ञानेन्द्रकै हालतमा
पुर्याइदिन्छौं । जसरी ज्ञानेन्द्र शाह नारायणहिटीबाट नागार्जुन जानुपर्यो
गिरिजाप्रसादको पनि त्यही हालत हुनेछ ।'
एमाले नेता माधवकुमार नेपालले पनि राष्ट्रपतिको मोह त्याग्न उनले आग्रह गरे
। संसारको कुनै पनि शक्तिले दबाब दिएपनि कोइराला र नेपाललाई राष्ट्रपति
मान्न नसकिने बताएका माओवादी नेता रायमाझीले राष्ट्रपतिकालागि विदेशीहरुले
दिएको दबाबसामु आफूहरु नझुक्ने बताए ।