Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीले सरकार हाँक्‍ने तीन बिकल्प: सहमति, बहुमत र अल्पमतको सरकार

काठमाडौं,  August 1, 2008- संविधान सभाको सबैभन्दा ठूलो दल नेकपा माओवादीले सरकारमा जाने निर्णय गरेको छ ।

साउन १६ र १७ गते पार्टी मूख्यालय बुद्धनगरमा बसेको केन्द्रीय समितिको वैठकले यस्तो निर्णय गरेको हो ।

वैठकले राष्ट्रिय सहमती कै सरकार बन्नु पर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । सहमतीको सरकार बन्न नसके बहुमतीय आधारमा बन्नु पर्ने तथा आवश्यक परे सबैभन्दा ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाउन पनि माओवादी तयार रहेको छ ।

राष्ट्रिय सहमती निर्माणको लागि २५ दलवीच नै एकता आवश्यक पर्ने हुनाले काँग्रेस, एमाले र फोरमवीचको गठबन्धन अन्त्य हुनु पर्ने वैठकको ठहर रहेको महराले बताए । मुलुक संक्रमणबाट गुजि्ररहेको र नयाँ संविधान समयमै निर्माण गर्नको लागि स्थिर सरकारको लागि दलहरुवीच सहमती हुनुपर्ने माओवादी निश्कर्ष छ ।

राजनीतिक दलहरुले संविधान सभा निर्वाचनमा सार्वजनिक गरेका प्रतिबद्धता पत्र, चुनावी घोषणा पत्रमा उल्लेख भएका साझा नीति तथा कार्यक्रम लागू गर्न सकिने वातावरण बन्नु पर्ने सो पार्टीको ठहर छ ।

सरकार निर्माणको लागि साउन १८ गते देखि माओवादीले औपचारिक पहल शूरु गर्ने भएको छ भने अनौपचारिक रुपमा आजै कुराकानी गरिने प्रवक्ता महराले जानकारी दिए।

वैठकमा केही केन्द्रीय सदस्यहरुले भने अहिले सरकारमा जान नहुने धारणा राखेका थिए ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एमाले र माओवादीवीच घनीभूत छलफल हुन नसक्नाले अन्तिम समयमा दुई दलको सहमती टुटेको वैठकको निश्कर्ष थियो ।

-Santa Bagam in Kathmandu










   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®