Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीले जनगणतन्त्र स्थापना गरेरै छाड्ने

काठमाडौँ, October 1, 2008- नेकपा माओवादीका विदेश विभाग प्रमुख सीपी गजुरेलले जनगणतान्त्रिक संविधान लेख्ने बताएका छन् ।

माओवादी नेता गजुरेलले संघीय चरित्रको जनगणतन्त्र स्थापना गरेरै छाड्ने र त्यसका लागि राष्ट्रिय, अन्तराष्ट्रिय समर्थन प्राप्त हुने दाबीपनि गरेका छन् । 'संघीय चरित्रको जनगणतन्त्र स्थापना गरेरै छाड्छौं' बुधबार रिपोटस्र क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा गजुरेलले भने- 'संविधान पनि जनगणतान्त्रिक हुन्छ, जनगणतन्त्र स्थापनाका लागि वैचारिक बहसपनि सुरु भैसकेको छ ।'

संघीय लोकतान्त्रिक गणतन्त्र यथास्थितिको राजनीतिक प्रणाली भएकाले अग्रगमनतर्फ जान जनगणतन्त्र चाहिएको बताएका उनले जनगणतन्त्रकै लागि आफूहरुले जनयुद्ध गरेको स्मरणपनि गराए । आफूले विदेश भ्रमणका क्रममा पनि जनगणतन्त्र स्थापना गर्ने स्पष्ट पारेको बताए । गजुरेलले संसदीय प्रणालीलाई कुनै हालतमा स्वीकार नगर्ने बताए । उनले भने- 'प्रजातन्त्र र संसदमा भ्रम नपारौं, संसदमात्र प्रजातन्त्र होइन ।' उनले संसदीय शासन प्रणाली असफल भइसकेकाले नेपाल सुहाउंदो नयां प्रणाली स्थापित गर्नेपनि बताए ।

नेपालमा संसदीय प्रणालीको पक्ष विपक्षमा निकै ठुलो बहस सुरु भएको छ । एमाले, कांग्रेसजस्ता पार्टीहरु यसको पक्षमा उभिएका छन् भने माओवादी विपक्षमा । गजुरेलले नेपाली जनताबाट आफूहरुलाई संसदीय प्रणालीरहितको जनगणतन्त्र स्थापनामा ठूलो सहयोग प्राप्त हुने बताउँदै गणतन्त्रलाई पूर्व राजा ज्ञानेन्द्रले पनि समर्थन गरिसकेकाले त्यो पुरानो भइसकेको हुँदा अव नयाँ राजनीतिक प्रणालीको खोजी गर्नु पर्ने तर्क गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले नेकपा माओवादीले लोकतन्त्रमाथि आक्रमण गरेर राज्यसत्ता पूरै कब्जामा लिन खोजेको आरोप लगाउँदै संसदीय प्रणालीमाथि आक्रमण गर्न खोजेको दावी गरे । उनले भने- 'लेनिनले पनि संसदीय प्रणालीमाथि आक्रमण गरेर राज्यसत्ता कब्जा गरेर एकदलीय तानाशाही कम्युनिष्ट शासन ल्याएका थिए माओवादीलेपनि सेना, प्रहरीलगायत राज्यको पूरै संरचनामाथि आक्रमण थालेको छ ।'

नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले अहिलेको संविधान सभाबाट जनवादी गणतन्त्र सम्भव नभएको बताए । माओवादीले भन्दैमा जनवादी गणतन्त्र नआउने उनको दाबी थियो । 'यो संविधान सभाबाट जनवादी गणतन्त्र सम्भव छैन, माओवादीले भन्दैमा जे भन्यो त्यही व्यवस्था आउँदैन ।' समाजवादी र लोकतान्त्रिक मूल्य मान्यतासहितको संविधान निर्माण गर्न आफ्नो दल लाग्ने बताउँदै रावलले आफूहरु जनताको बहुदलीय व्यवस्थामा आधारित प्रणालीको संविधान लेखनमा सकृय हुने बताए ।

प्रधानमन्त्री प्रचण्डसँगै अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार हीराबहादुर थापाले सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अमेरिका भ्रमण अत्यन्त सफल र उत्साहपूर्ण भएको बताएका थिए । प्रधानमन्त्रीले नेपालको परिवर्तित परिस्थिति र अग्रगामी नीतिबारे प्रष्ट कुरा राख्नुभएको बताउँदै उनले अन्तराष्र्टि्रय समुदायले नेपालको शान्ति प्रकृया, लोकतन्त्रको सुढीकरण र वर्तमान सरकारको आगामी योजनाबारे निकै चासो लिएको बताए ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®