|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
कुर्दा कुर्दा माओवादी हैरान काठमाडौं, June 19, 2008- आफ्ना मन्त्रीहरुको राजिनामा बुझाउने गरी माओवादी अध्यक्ष प्रचण्ड बुधबार विहान बालुवाटार पुगेपनि फेरि राजिनामा बुझाएनन् जबकि माओवादीले नयाँ सरकार गठनकालागि बाटो खुल्ला गरिदिन असार ४ गतेको अन्तिम अल्टिमेटम दिएको थियो । माओवादी मन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई औपचारिक राजिनामा दिनासाथ गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार ढल्ने थियो । र नयाँ सरकार गठनको प्रकृया सुरु हुन सक्थ्यो । बुधबार माओवादी अध्यक्ष प्रचण्डले प्रम कोइरालालाई दिन लागेको मन्त्रीहरुको राजिनामा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले रोकेका थिए । माओवादी मन्त्रीहरुले राजिनामा दिनासाथ कोइरालामात्र होइन नेपाली कांग्रेससमेत अप्ठेरोमा पर्ने भएपछि नेता देउवाले 'अहिल्यै राजिनामा नदिनुस् हामीलाईपनि एक दिनको समय दिनुस्' भन्दै समय माग गरेका थिए । बालुवाटारमा हुने महत्वपूर्ण बैठक प्रधानमन्त्री निवासको मूल भवनको भुईँ तलाको ठूलो कोठामा हुँदै आएका छन् । प्रधानमन्त्री कोइराला भने सो भवनको माथिल्लो तलामा बस्छन् । नयाँ सरकार गठनकालागि कोइरालाले बाटो खुल्ला नगर्ने देखिएपछि प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भट्टराई 'मन्त्रीहरुको राजिनामा बुझाउँछौं' भन्दै प्रधानमन्त्री बस्ने कोठामा उक्लदै थिए । तर उनीहरुलाई देउवाले माथि पुग्न दिएनन् । 'हामीलाई एक दिनको समय दिनुहोस्' देउवाले भने- 'हामीपनि आज केही निर्णय गर्छौ त्यसपछि कुरा मिल्न सक्ला अहिल्यै राजिनामा नबुझाउनहोस् ।' देउवाको आग्रहपछि प्रचण्ड र बाबुराम माथि उक्लेनन् । बुधबारसम्म दिने भनिएको माओवादी मन्त्रीहरुको राजिनामापनि रोकियो । त्यसपछि बिहीबार बिहानकालागि बैठकको आयोजना गरिएको थियो । शक्ति बाँडफाँडको विषयलाई लिएर बुधबारको बालुवाटार वार्तापनि अनिर्णित भएपछि संविधान सभाको पाँचौ बैठकलेपनि छलफलकालागि कुनै 'बिजनेस' पाएन । त्यसैले संविधान सभाका सदस्यहरुले राष्ट्रलाई अनिर्णयको बन्दी बनाएको भन्दै माओवादी, कांग्रेस र एमालेको आलोचना गरे । सहमति जुट्न नसकेपछि संविधान सभाको बैठक अनिश्चित समयकालागि स्थगित गरिएको छ । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®