'माओवादी र एमालेले हामीलाई बेवास्ता गर्नथालेका
छन्'
काठमाण्डौं, December 17, 2008-सत्तारुढ मधेशी जनअधिकार फोरमका सहअध्यक्ष समेत रहेका
कृषिमन्त्री जयप्रकाश प्रसाद गुप्ताले आफूहरु सरकारमा बस्नेको औचित्यको
मूल्यांकन गर्ने चरणमा पुगेको बताएका छन् । पूर्वान्चलको सुनसरीमा आयोजित
कार्यक्रममा बोल्दै सरकारमा आफूहरुको कुरा सुन्न छाडिएकाले सोच्ने बेला
आइसकेको दावी गरेका हुन् ।
'मधेशी जनअधिकार फोरम सरकारमा बस्नुको औचित्य मूल्यांकनको चरणमा पुगेको छ'
गुप्ताले भने 'माओवादी र एमालेले हामीलाई बेवास्ता गर्नथालेका छन् ।'
सरकारमा आफूहरुको कुरा सुनिन छाडिएको बताऊदै मन्त्री गुप्ताले सरकारमा बसेर
मधेशको अधिकार सुनिश्चित गर्ने उद्येश्य पूरा गर्न सकिनेमा पनि शंका व्यक्त
गरे ।