|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
तीन दलीय गठबन्धन टुटे माओवादी-एमाले सरकार बन्ने काठमाडौं, July 24, 2008- नयाँ राष्ट्रपति चयन भए लगत्तै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा दिए पछि अब नयाँ सरकार बन्ने बाटो त खुलेको छ । तर नयाँ सरकारको नेतृत्व कसले गर्ला भन्ने अन्यौल जारी छ । माओवादी र एमालेबीच भित्रभित्रै सम्बन्ध सुधारको प्रयत्न भैसकेकाले माओवादी नेतृत्वमा एमाले सामेल सरकार बन्ने सम्भावना रहेको श्रोतहरुले बताएका छन् । माओवादी केन्द्रीय सचिवालयका मंगलबारको बैठकले कांग्रेस-एमाले-फोरमसहितको तीन दलीय गठबन्धन जारी रहुन्जेल सरकारमा सामेल नहुने निर्णय गरेको थियो । सचिवालय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले तीन दलीय गठबन्धन टुटेपछिमात्र सरकारमा सामेल हुने बताएका थिए । माओवादी अहिले त्यो गठबन्धन टुटाउने प्रयासमा छ । यसै प्रयोजनकालागि माओवादी-एमालेबीच वार्ता प्रयासहरु हुन थालेका छन् । एमालेले तीन दलीय गठबन्धन राष्ट्रपति र संविधान सभा अध्यक्ष चयनकालागिमात्र भएको बताएको छ । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा महासचिव खनालले सरकार माओवादीकै नेतृत्वमा बन्नुपर्ने बताएका छन् । उनले माओवादी नेतृत्वमा एमालेसामेल भएको सरकार बन्ने बताएका थिए। राष्ट्रपतीय निर्वाचनमा टाढिएका यी दुई दलबीचको सम्बन्ध सुधारकालागि माओवादीले बुधबार संविधान सभाको अध्यक्षमा उम्मेदवार दिएन । माओवादीले उम्मेदवारी नदिएपछि एमाले सुवाष नेम्वाङ्ग संविधान सभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यसलाई माओवादी-एमालेबीच सम्बन्ध सुधारको पहिलो प्रयासका रुपमा लिइएको छ । राष्ट्रपति डा. रामबरण यादवले पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै बुधबार प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्रीको राजिनामा स्वीकृत भैसकेको छैन । सम्भवत: आजै वा शुक्रबार राजिनामा स्वीकृत हुनेछ । र राष्ट्रपति डा. यादवले बहुमत जुटाएर सरकार निर्माणको दावी गर्न संविधान सभामा रहेका दलहरुलाई आव्हान गर्नेछन् । सरकार नेतृत्वकालागि तीन दलीय गठबन्धन टुट्नुपर्ने माओवादीको पहिलो शर्त भएकाले र सभामुख चयन लगत्तै गठबन्धन टुट्ने सम्भावनापनि रहेकाले अब माओवादी नेतृत्वमा एमाले सम्मिलित सरकार बन्ने सम्भावना बढेको छ । माओवादी-एमाले गठबन्धनको सरकार नबन्दा सरकार गठनकालागि आवस्यक बहुमत जुटाउन सभासद्हरुको अत्याधिक किनबेच हुने सम्भावना बढि छ। त्यसैले प्रधानमन्त्री कोइरालाको राजिनामा सँगै राष्ट्रपतिले नयाँ सरकार गठनकालागि आव्हान गर्नासाथ माओवादी-एमालेबीचको नयाँ गठबन्धनले आकार ग्रहण गर्ने र माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्ने सम्भावना धेरै छ । |
|
|
यदि माओवादी-एमाले गठबन्धन बन्न सकेन भने सरकार बनाउने खिचलोका
कारण मुलुकले यही हप्ता नयाँ सरकार पाउन कठिन हुनेछ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||