Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमाले, माओवादी र फोरम बिच मन्त्रालयको बाँडफाँड?

काठमाडौं,  August 12, 2008- संविधान सभामा तेस्रो ठूलो दल नेकपा एमाले माओवादी नेतृत्वको सरकारको पक्षमा रहेको छ ।

साउन २८ गते एमाले मुख्यालय बल्खुमा बसेको स्थायी कमिटीको वैठकले जनादेश अनुसार माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बन्नु पर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी वैठक सकिएपछि एमाले संविधान सभा दलको कार्यालयमा बसेको माओवादी एमाले वैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने संभावना टरेको प्रतिकृया दिएका छन् । प्रधानमन्त्रीको लागि मनोनयन दर्ता गर्नु अगाडि बाँकी रहेको एक दिन पनि काँग्रेसलाई सरकारमा ल्याउनमै खर्चिन अध्यक्ष प्रचण्डको भनाई थियो ।

रक्षा मन्त्रालय नपाए काँग्रेस वा माओवादी प्रतिपक्षमा बस्ने दुबै पार्टीले अडान लिई रहँदा एमालेले यस्तो निर्णय गरेको हो । यस हिसाबले नेपाली काँग्रेस प्रतिपक्षमा रहने संभावना प्रबल हुँदै गएको छ । अब माओवादी नेतृत्वमा कम्तिमा एमाले र फोरम सम्मिलित सरकार बन्न सक्नेछ ।

यद्यपि सार्कमा प्रधानमन्त्री जान हुने नहुने विषयमा छिन-छिनमा निर्णय बदलीरहने एमालेको विगत हेर्दा भने यसै भन्न नसकिने माओवादीका एक केन्द्रीय सदस्यको भनाई छ । अर्को तर्फ राष्ट्रपति बन्न नपाएकोमा माओवादी अध्यक्ष प्रचण्डसँग व्यक्ति गत 'इगो' राखेका काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको चलखेल पनि जारी नै छ ।

अर्को तर्फ एमाले पूर्व महासचिव माधव नेपालले शान्तिसँग सम्बिन्धित मन्त्रालय माओवादीले लिन नहुने तर्क गरेका थिए । केपी शर्मा ओली लगायत केही स्थायी कमिटी सदस्यहरुले भने लोकतान्त्रिक गठबन्धन बनाएर एमाले आफैले सरकारको नेतृत्व गर्नु पर्ने धारणा राखेका थिए ।

शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउन र समावेशी संविधान बनाउन माओवादी कुनै हालतमा सरकार बाहिर बस्न नहुने बहुमत सदस्यहरुको विचार रहेको थियो ।

विश्वस्त स्रोतका अनुसार माओवादीले प्रधानमन्त्री सहित रक्षा र अर्थ, एमालेले गृह र परराष्ट्र तथा फोरमले सन्‍चार र भौतिक योजना तथा निमार्ण मन्त्रालयमा सहमती गरी सकेको छ । तथापि सरकारमा सामेल हुने साना दलको संख्या यकिन भई नसकेकाले मन्त्रालयमा सामान्य हेरफेर हुन सक्ने उक्त स्रोतले बताएको छ ।

-Santa Bagam in Kathmandu



   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®