Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीलाई अर्थ, रक्षा र शान्ति, एमाले र फोरममा तँछाडमछाड

काठमाडौं,  August 16, 2008- माओवादी, एमाले र फोरमको तीन दलीय गठबन्धन नयाँ सरकार गठनकालागि सकृय देखिएको छ । यसअघि रक्षा मन्त्रालयका कारण दलहरुबीच विवाद देखिएपनि प्रधानमन्त्रीको चयनपछि भने परराष्ट्र मन्त्रालय विवादको कारण बनेको छ ।

परराष्ट्र मन्त्रालयमा नेकपा एमाले र मधेशी जनअधिकार फोरमको दावी परेको छ । यसअघि सो मन्त्रालय नेकपा एमाले लाई दिने सहमति भएको थियो । तर सो मन्त्रालयमा मधेशी जनअधिकार फोरमलेपनि दावी गरेको छ । गृहजस्तो महत्वपूर्ण मन्त्रालय एमालेले पाउने भैसकेपछि उपप्रधानमन्त्रीपनि फोरमलाई दिनुपर्ने माग फोरमले गरेको छ । सरकारमा फोरमको नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गर्ने भएपछि उसले उपप्रधानमन्त्रीको माग गरेको हो ।

फोरममा सरकारमा जाने सम्बन्धमा आन्तरिक प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष यादव र संसदीय दलका नेता विजय गच्छेदार दुबै सरकारमा जानकालागि इच्छुक देखिएका छन् । आर्थिक मामिलामा अपारदर्शी देखिने गच्छेदारले फोरमले जलश्रोत मन्त्रालय पाउनुपर्ने दावी गरेका छन् । सो मन्त्रालय कमाई हुने मन्त्रालयको रुपमा चिनिन्छ । फोरमका सहसंयोजक जयप्रकाश गुप्ता भने आफू सरकारमा नजाने मुडमा छन्।

उनले भने- 'मेरो चाहना कांग्रेसको नेतृत्वमा बनेको एमाले र फोरम सम्मिलित गठबन्धनलाई तोड्नुपर्छ भन्ने थियो त्यो भयो । सरकारमा जाने सम्बन्धमा ममा कुनै रुचि छैन ।' सत्तामा जाने दौडबाट आफूलाई परै राखेका गुप्ता पार्टी संगठन विस्तारमा लाग्ने सोचमा छन् ।

सरकारमा एमालेको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने सम्बन्धी विवाद सो पार्टीभित्रपनि देखिएको छ । स्थायी समिति सदस्य इश्वर पोखरेल पार्टी नेतृत्व गर्ने प्रतिस्पर्धामा छन् । तर संविधान सभा चुनाव हारेकाले उनलाई नेतृत्व गर्न पठाउँदा पार्टीको आलोचना हुने भएकाले उनको सट्टा संसदीय दलका उपनेता विष्णु पौडेललाई पठाउने सम्भावना छ । चुनाव नलडेका स्थायी समिति सदस्य अमृत बोहोरापनि पार्टीको नेतृत्व गरी सरकारमा जान उत्तिकै लालायित देखिएका छन् । गृह मन्त्रालय एमालेले पाएका कारण गृहमन्त्री बन्ने रुचि एमालेका अधिकांस नेताहरुमा देखिएको छ ।

माओवादीले अर्थ, रक्षा र शान्ति तथा पुनर्निर्माण मन्त्रालय पाएकाले ती मन्त्रालयमा को को जाने भन्ने सम्बन्धमा जनसाधारणमा तीब्र जिज्ञाशा पैदा भएको छ । डा. बाबुराम भट्टराई अर्थमन्त्री बन्ने पक्कापक्की छ । रक्षा मन्त्री रामबहादुर थापा 'बादल' वा कृष्णबहादुर महरा बन्नेछन् । यदि महराको सट्टा 'बादल' रक्षा मन्त्री बने भने महरा शान्ति तथा पुनर्निर्माण मन्त्री बन्नेछन् । माओवादीले परराष्ट्र मन्त्रालय नपाउने भएपछि बरिष्ठ नेता सीपी गजुरेल मन्त्री नबन्ने सम्भावना छ । उनी माओवादी भित्र परराष्ट्र मामिलाका ज्ञाता मानिन्छन् ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®