Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

माओवादी र एमालेको गठबन्धन, कांग्रेसको छटपट

काठमाडौं,  June 21, 2008- चुनावमा एकले अर्कालाई सिध्याउने गरी प्रतिस्पर्धा गरेपनि अन्ततः संविधान सभामा शक्ति बाँडफाँडकालागि माओवादी र एमालेबीच निर्णायक सहमति भएको छ । कार्यकारी अधिकार सहितको प्रधानमन्त्री माओवादीले पाउने भएपछि सम्बैधानिक राष्ट्रपतिको जिम्मेवारी एमालेलाई दिन माओवादी सहमत भएको छ ।

अब संविधान सभाको साधारण बहुमतबाट माओवादीका प्रधानमन्त्री र एमालेका राष्ट्रपति सहजै निर्वाचित हुनेछन् ।

माओवादी र एमालेका शीर्ष नेताबीच शुक्रबार ठमेलस्थित होटल बैशालीमा भएको वार्तामा यो सहमति भएको हो । दुई दलबीच भएको सहमति अनुसार अब प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्ड हुनेछन् भने राष्ट्रपति एमालेले छनौट गरेका कुनै नेता हुनेछन् । राजनीतिक बजारमा राष्ट्रपति एमालेका निवर्तमान महासचिव माधव नेपाल हुने भनिएपछि नेपालको नाम माओवादीले अस्वीकार गरेको चर्चापनि छ ।

माओवादी र एमाले संविधान सभाको अध्यक्ष पद नेपाली कांग्रेसलाई दिन सहमत भएका छन् । दुई कम्युनिष्ट घटकबीचको यो समझदारीपछि नेपाली कांग्रेस संविधान सभामा प्रमुख प्रतिपक्षमा बस्ने मानसिकतामा पुगेको छ । प्रमुख प्रतिपक्षीलाई सदनको सभामुख अध्यक्ष बनाउने विश्वव्यापी प्रचलनपनि छ । तर माओवादी र एमालेबीचको यो सहमतिलाई सात दलको बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ । अन्तरिम संविधानमा यस्ता महत्वपूर्ण निर्णय सात दलको सहमतिमा गरिनुपर्ने उल्लेख छ ।

शुक्रबार भएको दुई दलबीचको बैठकले माओवादी नेतृत्वमा नयाँ सरकार बनेपछि मन्त्रालयहरुको बाँडफाँड कसरी गर्ने भन्ने सम्बन्धमापनि छलफल गरेको थियो । संभवत हालसम्म नेपाली कांग्रेसले सम्हालेका गृह, अर्थ, रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयहरु अब माओवादीले सम्हाल्नेछ । कांग्रेस प्रतिपक्षमा बसेको खण्डमा एमालेले सम्हालेका मन्त्रालयहरु एमालेकै भागमा यथावत राखी माओवादीले सम्हालेका मन्त्रालयका जिम्मेवारी बाँडचुँड हुनेछन् ।

-Sitaram Baral in Kathmandu



















































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®