|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
चन्दा बिबादमा माओवादीद्वारा एमाले कार्यकर्ताको खुट्टा चट |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() घाइते देबकोटा र देबकोटाको स्वास्थ्यस्थितिबारे बुझ्दै गृहमन्त्री गौतम Photos: Sitaram काठमाण्डौं, January 7, 2009- सत्ताको नेतृत्व गरेको माओवादी र अर्को सत्तारुढ कम्युनिष्ट दलका नेताहरु आपसी मतभिन्नता हटाउन नयाँ समझदारीको खोजीमा लागेपनि तल्लोस्तरका कार्यकर्ताहरुबीच ज्यानैसमेत लिने गरी झगडा चर्कन थालेको छ । एमालेको नवगठित युवा दस्ता युथफोस्रले माओवादी समर्थकमाथि हमला गरेपछि माओवादी कार्यकर्ताले एमाले सम्बद्ध युथफोस्रका कार्यकर्ता अपाङ्ग हुनेगरी कुटपीट गरेका छन् । काठमाडौंको जीतपुर फेदी- ५ कोटगाउँमा एमालेसम्बद्ध युथ फोस्रका अध्यक्ष विवेक देवकोटा 'श्याम' माथि माओवादी कार्यकर्ताहरुले आक्रमण गरी खुट्टा नै चुँडाइदिएका छन् । ओखरपौवाको सिसडोलमा एमालेसम्बद्ध युथफोस्रका कार्यकर्ताले माओवादी सम्बद्ध एकजना ट्रक चालकबाट चन्दा उठाउन खोजेपछि माओवादी कार्यकर्ताहरुले युथफोस्रका अध्यक्ष देबकोटामाथि आक्रमण गरेका हुन् । घटनाबारे थाहा पाएपछि उपप्रधानमन्त्री तथा बामदेब गौतम खुट्टा काटिएका आफ्ना कार्यकर्तालाई राखिएको महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए । ललितपुरको कोटडाँडामा काठमाडौंका पूर्व नगरप्रमुख केशव स्थापितले खोलेको प्यारा ग्लाइडिङ्ग खेलको उद्घाटन गर्न गएका प्रधानमन्त्री प्रचण्डसँगै रहेका गृहमन्त्री गौतम घटनाबारे सुनेपछि सिधै अस्पताल पुगेका थिए । घटनामा एकले अर्कालाई दोषी देखाउन खोजेका छन् । माओवादीले घटनाको सुरुवात एमालेको युथफोस्रबाट भएकोले मूल दोषी एमाले पक्ष भएको दावी गरेको छ भने एमालेले आफ्ना कार्यकर्ता बढि घाइते भएको बताउँदै दोषी माओवादी रहेको आरोप लगाएको छ । दुबै पार्टीका नेताहरु सत्तामा बसेर सत्ताको स्वाद चाखिरहेका बेला कार्यकर्ताहरु भने चन्दाकालागि यसरी मारामारमा उत्रेका छन् । -Sitaram Baral in Kathamandu |
|
![]() Vivek Devkota. Photos: Sitaram |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||