Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी र एमालेवीच पुस महिना भित्र स्थानीय निकाय गठन गर्ने सहमती

काठमाण्डौं, January 5, 2009- सत्तारुढ प्रमुख दुई पार्टीवीच पुस महिना भित्र स्थानीय निकाय गठन गर्ने सहमती भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुस २१ गते विहान बसेकॊ नेकपा माओवादी र एमालेका शीर्ष नेताहरुको वैठकले यस्तो निर्णय गरेको माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

वैठकले स्थानीय निकाय गठनबारे सुझाव दिन चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । कार्यदलमा देवप्रसाद गुरुङ्ग, पोष्टबहादुर बोगटी, भीम रावल र रामचन्द्र झा सदस्य रहेका छन् । कार्यदलको वैठक पुस २३ गते बस्ने र २४ गते बस्ने, माओवादी र एमाले सम्मिलित संयन्त्रको वैठकमा सुझाव पेस गर्ने निर्णय भएको एमाले नेता रावलले जानकारी दिए । कार्यदलले पुस २५ गतेदेखि अन्य दलसँग छलफल गर्ने भएको छ ।

आजको वैठकमा फागुन पहिलो साता हुन लागेको एमाले महाधिवेशनलाई ध्यानमा राखेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक महिना पछाडि सार्न दुई पार्टी सहमत भएका छन् ।

यसैगरी पशुपतिनाथको मन्दिरमा नेपाली पुजारी राख्ने निर्णय परिवर्तन नगर्न एमाले र माओवादीवीच सहमती भएको पनि शर्माले बताए । यस विषयमा सर्वोच्चले दिएको अन्तरिम आदेश बारेमा पनि अपिल गरिने भएको छ ।

विकास निर्माण कार्य जनताको घरदैलोसम्म पुर्याउन स्थानीय विकासमन्त्री रामचन्द्र झा र शान्ति तथा पुनरनिर्माण मन्त्री जनार्दन शर्मा रहेको कार्यदल गठन गरिएको छ ।

वैठकले विद्युतमा ५ सय मेघावाट तथा १० अर्ब भन्दामाथिको लगानि गर्दा अनिवार्य रुपमा लगानि बोर्डबाटै गर्नु पर्ने निर्णय गरेको छ ।

-Santa Bagam in Kathmandu











   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®