माओवादीले एकलौटी ढंगले सरकार चलाउन खोजेको आरोप काठमाण्डौं, December 20, 2008-
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले माओवादीले एकलौटी ढंगले सरकार चलाउन
खोजेको आरोप लगाएका छन् ।
प्रेस चौतारीले पुस ५ गते चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै
गौतमले साझा सहमतिको आधारमा चल्नुपर्नेमा सरकारमा माओवादीले एकलौटी व्यवहार
गरिरहेको बताएका हुन् ।
कर्मचारीतन्त्रमा अझै परिवर्तन नआएको भन्दै गौतमले कर्मचारी नयाँ नेपालको
बाधक बन्न नहुने धारणासमेत राखे । कर्मचारीतन्त्रमा ब्यापक सुधारको
अवश्यकता रहेको गृहमन्त्री गौतमको भनाई छ । माओवादीसम्बद्ध वाईसीएल र आफ्नै
पार्टी एमालेसम्बद्ध युथ फोर्सको गतिविधी अझै नसुधि्रएको भन्दै गौतमले
कानुन विपरित काम गर्ने कसैलाई पनि नछाड्ने प्रतिवद्धता कार्यक्रमा
दोहोर्याएका थिए ।
पछिल्लो समयमा वाइसिएल र युथफोर्सको गतिविधिको आफ्नै माउपार्टीका
नेताहरुबाट आलोचना गर्ने क्रम बढ्दो छ ।