Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन प्रयास शुरु
'संविधान सभामा कोहीपनि पक्ष विपक्ष भन्ने हुँदैन'- मन्त्री गुरुङ

काठमाण्डौं, October 10, 2008-कानुन न्याय तथा संविधान सभा मन्त्री देव गुरुङले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन अनौपचारिक कुराकानीहरु भइरहेको बताएका छन् ।

मन्त्री गुरुङ्गले संविधान निर्माणकालागि संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरु कोहीपनि पक्ष विपक्षमा रहन नहुने मान्यताअनुरुप कांग्रेसलाई पनि सरकारका सहभागी हुन आव्हान गरिएको बताएका हुन् ।

'संविधान सभामा कोहीपनि पक्ष विपक्ष भन्ने हुँदैन' दशैं लगत्तै रिपोटस्र क्लवले आयोजना गरेको कार्यक्रममा माओवादीका बरिष्ठ नेतासमेत रहेका मन्त्री गुरुङले भने- 'हामी कांग्रेसलाई पनि सरकारमा ल्याउन भरमग्दूर पहल गरिरहेका छौं यसकालागि कांग्रेसका केही नेताहरुसंग अनौपचारिक कुराकानी भएको छ तर परिणाममुखी हुनसकेको छैन ।'

सहमति र सहकार्यका लागि माओवादी हदैसम्म लचक हुन तयार रहेपनि कांग्रेसको यथास्थितिवादी चिन्तनले समस्या ल्याएको मन्त्री गुरुङ्गको कथन थियो । संविधान निर्माण गर्ने मन्त्रालयको जिम्मेवारीसमेत पाएका गुरुङ्गले सम्बाददाताहरुसँग भने- 'तर कांग्रेस सरकारमा नआएपनि संविधान निर्माण प्रकृया अवरुद्ध हुँदैन, संविधान निर्माण कार्यमा माओवादी नेतृत्वको सरकार गम्भीर भएर लाग्नेछ ।'

गुरुङ्गका अनुसार तिहारलगत्तै संविधान निर्माण प्रकृयाले गति लिनेछ । सरकार गठनमै ढिलाई हुँदा संविधान निर्माणमा पनि ढिलाई हुनगएको बताएका उनले आफूहरु तोकिएको समयमै संविधान निर्माण गर्न सक्षम हुने दाबीपनि गरे ।

सम्बाददाताहरुले मन्त्री गुरुङ्गसँग 'तपाईंहरु जनगणतन्त्रात्मक संविधान बनाउन लाग्नुहुन्छ ?' भन्ने प्रश्नपनि सोधेका थिए । 'कम्युनिष्टहरुको लक्ष्य जनगणतन्त्र नै हो' मन्त्री गुरुङ्गले भने- 'हामी त्यसबारे बहस गर्न तयार छौं ।' सहमतिकै आधारमा अग्रगामी संविधान बन्नुपर्छ भन्ने मान्यता राखेको बताए ।

सेना समायोजनमा कुनै एउटा सेना अर्कोमा गाभ्ने दृष्टिकोणले व्याख्या गरिननहुने बताएका मन्त्री गुरुङ्गले नेपाली सेना र जनमुक्ति सेना एकापसमा समायोजन गरी नयां ढंगले जानुपर्ने कुरामा जोड दिएका छन् । दुवै सेनामा भएका कमीलाई पूरा गरी सेनालाई व्यवसायिकरण र लोकतान्त्रिकरण गर्नुपर्ने बताउँदै मन्त्री गुरुङ्गले तोकिएको समयमै सेना समायोजन गरेर देखाउने दाबीपनि गरे ।

न्याय सम्पादनलाई चुस्त बनाउन वेन्‍च विस्तारको योजना बनाइएको बताउँदै सर्वोच्च अदालतमा वार्षिक ६ हजार मुद्दाको टुंगो लगाउने भनिएपनि लक्ष्य हासिल नभएकाले नयाँ नीति ल्याउन लागिएको जानकारी दिए । उनले भने- 'न्यायालयमा ढिलासुस्ती कम गर्न वेन्‍च विस्तार गर्ने नीति ल्याउन लागिएको हो ।'

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®