Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
तीन दलीय गठबन्धन टुटाउने माओवादी प्रयास

काठमाडौं,  July 25, 2008- आफ्नो विरुद्धमा बनेको तीन दलीय गठबन्धन टुटाउने प्रयास माओवादीले सुरु गरेको छ । यसै प्रयोजनकालागि सो पार्टीले संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग परामर्श थालेको छ ।

माओवादीले संसदीय दलको कार्यालयमा संविधान सभामा २५ वटा दलसँग अनौपचारिक परामर्श गरेको थियो।

राष्ट्रपतिमा आफूले समर्थन गरेको उम्मेदवार पराजित भएपछि सबै भन्दा ठूलो दल नेकपा माओवादी आफ्ना तीन शर्त पुरा भएमात्रै सरकारमा जाने भएको छ ।
उसको पहिलो शर्तमा काँग्रेस, एमाले र फोरम वीचको गठबन्धन अन्त्य हुनु पर्ने छ । यसैगरी कम्तिमा दुई वर्षसम्म सरकार गिराउन नपाउने र नीति तथा कार्यक्रममा न्यूनत्तम सहमती भए मात्रै माओवादी सहितको सरकार बन्नेछ ।

साउन ९ गते माओवादी संविधान सभा दलको कार्यालयमा आयोजित वैठकमा अध्यक्ष पुष्पकमल दाहालले यस्तो प्रश्ताव अघि सारेका हुन्‌ । माओवादीको आयोजनामा भएको २५ दलीय परामर्श वैठकमा तीन दलीय गठबन्धनका काँग्रेस, एमाले, फोरम लगायत प्राय सबै दलको उपस्थिति रहेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले भने- 'यी कुराको ग्यारेन्टी भएमात्र माओवादी सरकारको नेतृत्व गर्न जानेछु, नत्र सरकारमा जाँदैनौं ।'

माओवादीसँगको परामर्श कार्यक्रममा तीन वटै ठूला पार्टीका मध्यमस्तरका नेता भएकाले उनीहरुले कुनै जवाफ नदिएको श्रोतको भनाई छ । तर ती पार्टीका शीर्ष नेताहरुले भने सन्‍चारकर्मीसँग माओवादी शर्त अस्वीकार गरेका छन् ।

उता फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने माओवादीले अरुसँग सर्त राख्ने होइन आफूहरुले माओवादीसँग सर्त राख्ने बताएका छन् ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि यस्तै प्रतिकृया दिएका छन् । उनले माओवादीले सहमतिको पालना नगरेकाले उसले सर्त राख्ने नैतिक अधिकार गुमाएको बताएका छन् भने एमाले नेता इश्वर पोखरेलले माओवादीको शर्त अनुचित भएको बताएका छन् । माओवादीको सुरुवाती प्रयत्नप्रति ठूला दलहरुको तीखो प्रतिकृयाले यसै हप्ता नयाँ सरकार बन्ने सम्भावनालाई पर धकेलेको छ ।

सरकारको नेतृत्व गर्दा आफ्नो योजना अनुसारको नीति तथा कार्यक्रम नल्याउँदा जनतामा पार्टीप्रति नकरात्मक धारणा विकास हुने भएकाले नीति तथा कार्यक्रम आउनुपर्ने माओवादी भनाई छ । 'सरकार माओवादी नेतृत्वमा बन्ने तर त्यसमा माओवादी योजना प्रतिबिम्बित नहुने हो भने हामी सरकारमा जानुको अर्थ रहन्न' माओवादीका एक नेताले भने- 'बरु त्यो स्थितिमा हामी सरकारमा नजानु नै राम्रो हुन्छ ।'
  माओवादीले आयोजना गरेको परामर्श वैठक शूरु हुन अघि काँग्रेस संविधान सभा दलको कार्यालयमा भएको तीन दलको वैठकले भने नयाँ गठबन्धनको अन्त्य नहुने निश्कर्ष निकालेको थियो ।

वैठकमा सहभागी काँग्रेस उपसभापति रामचन्द्र पौडेलले वैठकपछि सन्‍चारकर्मीसँग भने 'हाम्रो गठबन्धन राष्ट्रपति, उपराष्ट्रपति र संविधान सभा अध्यक्ष निर्वाचन सम्मको लागि मात्रै होइन ।'

गठबन्धन शान्ति प्रकृयालाई तार्किक निश्कर्ष पुर्याउन र लोकतान्त्रिक संविधान निमार्णको लागि समेत भएको पौडेलको भनाई थियो ।

वैठक स्रोतका अनुसार तीन दलले माओवादीको वार्गेनिङ्ग पावर घटेको ठहर गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको जनाएको छ । उक्त स्रोतका अनुसार सकेसम्म माओवादीलाई समेत सामेल गरेर उनीहरु तीन दलीय गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्‍ने पक्षमा छन् । संविधान सभामा ३८ प्रतिशत उपस्थिति रहेको माओवादी तीन दलीय गठबन्धनको नेतृत्वमा नबस्ने उनीहरुको बुझाई रहेको स्रोतको दाबी छ।

उता माओवादी भने एकल सरकार बनाउने पक्षमा रहेको माओवादीका एक केन्द्रीय नेताले नाम उल्लेख नगर्ने शर्तमा युएस नेपाल अनलाइनलाई बताए । उनका अनुसार आफ्नो पार्टीले चाहेको राष्ट्रपति, उपराष्ट्रपति नभए पछि लोकप्रिय कार्यक्रम ल्याउन गाह्रो हुने र यसले माओवादीलाई झन बदनाम गराउने पार्टीको निश्कर्ष छ ।

-Santa Bagam and Vivek Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®