Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीसँग असन्तुष्ट मधेशी नेता चीनको भ्रमणमा

काठमाण्डौ, 25 Jan, 09- नेपालमा भारतीय प्रभाव बढ्दै गएकामा चिन्तित उत्तर तर्फको छिमेकी चीनले माओवादीसँग असन्तुष्ट एक मधेशी नेतासँग गोप्य परामर्शकालागि उनलाई चीन बोलाएको छ ।

माओवादीको पोलिटव्यूरो सदस्य मातृकाप्रसाद यादवलाई चीनले यसरी परामर्शकालागि बोलाएको हो । नयाँ पार्टी गठनको तयारीमा रहेका यादव चीनबाट आएको निम्तो उपयोग गर्दै राजनीतिक परामर्शका लागि शनिबार चीनतर्फ लागेका छन् ।

नयाँ माओवादी पार्टी गठनको तयारीमा रहेका उनी चिनियाँ कम्युनिस्ट पार्टीसँग परामर्श तथा राजनीतिक छलफलका लागि चीन गएको श्रोतले बताएको छ । नेता यादवका निजी सचिव विक्रान्तले शनिबार बिहान ९ बजे चाइना एयरको उडानबाट यादव चीन भ्रमणमा गएको पुष्टि गरेका छन् । उनका अनुसार यादव एकहप्ताभित्रै नेपाल फर्कनेछन् । यसअघि यादव स्वास्थ्य उपचारका लागि थाइल्यान्ड गएका थिए ।

यादव हाल एकीकृत माओवादीका पोलिटब्युरो सदस्य छन् । तर उनलाई पार्टीले कुनैपनि जिम्मेवारी दिएको छैन । माओवादीले १६ र १७ माघमा मधेस समस्याका विषयमा बृहत् गोष्ठी आयोजना गर्न लागेका वेला यादवले भने मधेसलाई सम्बोधन गर्ने गरी पार्टी गठन गर्ने तयारी गरेको हल्ला चलेको छ । दोश्रो संकटकालका बेला भारतमा पक्राउ परेका मधेशी नेता यादव भारतप्रति निकै आलोचक छन् ।

-Sitaram Baral in Kathmandu

























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®