Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मधेशका माओवादी नेताहरुले मधेशमा ५ वटासम्म प्रदेश बनाउनुपर्ने सुझाव दिए

काठमाण्डौ, 31 Jan, 09- मधेशवादी दलहरुले प्रतिष्ठाको विषय बनाउँदै आएको 'एक मधेश एक प्रदेश' सम्बन्धी मागलाई माओवादीको मधेश भेलाले अस्वीकार गरेको छ ।

मधेशका माओवादी नेताहरुले मधेशमा ५ वटासम्म प्रदेश बनाउनुपर्ने सुझाव दिए अनुसार यही धारणा लिएर माओवादी मधेशमा संगठन विस्तार गर्न जाने भएको छ । यसले गर्दा मधेशवादी दल र माओवादीबीचपनि यस मुद्धामा निकै ठूलो विवाद हुने स्थिति देखिएको छ ।

विहीबार र शुक्रबार गरी दुई दिन भक्तपुरको खरिपाटीमा भएको मधेशका माओवादी नेता- कार्यकर्ताहरुबीचको भेला र अन्तकिर्रया गोष्ठी कार्यक्रमले यस्तो निष्कर्ष निकालेको हो । मधेशमा भएका विभेदका समस्या हल गरिए एक मधेश एक प्रदेश नहुँदापनि मधेशमा पार्टी विस्तार गर्न सकिने निष्कर्षमा मधेशका माओवादी नेताहरु र सिङ्गो माओवादीका नेताहरु पुगेका छन् ।

सो कार्यक्रममा प्राप्त भएका सुझावहरुलाई समेटेर मधेश सम्बन्धी थप नीति तय गर्न आइतबार विहान माओवादी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । पार्टीको नीति निर्माण गर्ने उपल्लो निकायको रुपमा चिनिएको सचिवालयको बैठकले गर्ने निर्णय अनुसार माओवादी नेताहरु एक मधेश एक प्रदेश होइन मधेशमापनि विभिन्न संघीय राज्य बन्न सक्ने तर्कसहित मधेश पस्ने भएको छ ।

मधेशवादी दलहरुले भने एक मधेश एक प्रदेश नभए अर्का सशक्त आन्दोलन गर्ने चेतावनी िदंदै आएका छन् । आफ्नो माग पुरा नभए पार्टीले सरकार छाड्नेसम्मको चेतावनी सत्तारुढ मधेशी जनअधिकार फोरमलेसमेत दिएको छ । अन्य मधेशवादी दलहरु तराई मधेश लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीलेपनि आफूहरुको प्रमुख मुद्धा नै एक मधेश एक प्रदेश भएको बताउँदै आएका छन् ।

-Sitaram Baral in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®