|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
पछिल्लो दाउपेचमा फेरि माओवादी सफल काठमाडौं, June 26, 2008- राष्ट्रपतिसम्बन्धी बिबादले एमालेभित्र ठूलो बिग्रह आउने स्थिति देखा परेको छ । निवर्तमान महासचिव माधव नेपाललाई राष्ट्रपति बनाउने महासचिव झलनाथ खनालको प्रस्तावको स्थायी समितिका बरिष्ठ सदस्य केपी ओलीले कटु आलोचना गरेका छन् । ओलीले राष्ट्रपतिमा एमालेको होइन कांग्रेसको हक लाग्ने बताएका छन् । ओली माओवादीसँगको सहकार्यका उग्रबिरोधी मानिन्छन् । माओवादीसँग मिलेर एमालेले कांग्रेसलाई कर्नरमा पार्न नहुने बताउँदै ओलीले राष्ट्रपतिमा एमालेभन्दा कांग्रेसको हक लाग्ने बताएपनि उनको भित्री इच्छा आफ्ना प्रतिद्धन्दी माधव नेपाललाई राष्ट्रपति बन्न नदिनेतर्फ लक्ष्यित छ । उनले महासचिव खनालका हर कदमलाई असफल पार्ने रणनीतिपनि अख्तियार गर्दै आएका छन् । माधव नेपाल राष्ट्रपति भएमा पार्टी नेतृत्व सदाकालागि खनालको हातमा जाने भय ओलीलाई छ । आगामी मंसीरमा एमालेको आठौं महाधिवेशन हुँदैछ । महाधिवेशनमा ओलीपनि महासचिवको प्रत्यासी हुनेछन् । खनालको प्रयत्नमा माधव नेपाल राष्ट्रपति बन्न सफल भएमा पार्टी आगामी महाधिबेशनमा नेपाल पक्षधरहरुको समर्थनमा खनाल फेरि महासचिव हुनेछन् भन्ने विश्लेषण ओलीको छ । खनालप्रतिको ओलीको यो विश्लेषण निश्चयपनि गलत छैन । लामो समयदेखि पार्टीको नेतृत्व हत्याउने कोशिष गर्दै आएका खनालको आकांक्षा संविधान सभा चुनावमा एमालेको शर्मनाक पराजयपछिमात्र पुरा भयो त्योपनि महासचिव माधव नेपालले राजिनामा दिएपछिमात्र । नेपालले राजिनामा दिएपछि र नयाँ महासचिव चुन्ने क्रममापनि ओलीले खनाललाई महासचिव बनाउने प्रस्तावको विरोध गरेका थिए । आगामी महाधिवेशनसम्म आफ्नो क्याम्पलाई बलियो नपार्ने र आफ्ना प्रतिद्धन्दीहरुलाई अन्य कुनै 'विजनेस' मा अल्झाउन नसक्ने हो भने महाधिबेशनपछि खनालले बल्ल बल्ल प्राप्त गरेको पार्टी नेतृत्वको जिम्मेवारीबाट हात धुनुपर्ने निश्चित छ । यसैगरी यस बीचमा माधव नेपाल र खनालबीचको गठबन्धलाई कमजोर नपार्ने हो भने ओली खनाललाई पराजित गरेर पार्टीको नेतृत्व हत्याउन असफल हुनेछन् । त्यसैले माओवादीसँगको सहकार्यमा एमालेले राष्ट्रपतिको दावी गर्न नहुने र राष्ट्रपतिको जिम्मेवारी कांग्रेसले नै सम्हाल्नुपर्ने धारणा ओलीले सार्वजनिक गरेका हुन् । ओलीले भनेका छन्- 'म गिरिजाप्रसाद कोइराला राष्ट्रपति नभई हुन्न भन्ने पक्षमा होइन तर कोइराला हुँदै होइन भन्ने अधिकार कसैलाईपनि छैन ।' राष्ट्रपतिमा एमाले र माओवादीबीच संस्थागत निर्णय नभएको दावीपनि ओलीले गरेका छन् । महासचिव खनालले राष्ट्रपतिमा निवर्तमान महासचिव नेपालको नाम प्रस्ताव गरेपनि एमालेले नेपालको नामप्रति असहमति व्यक्त गर्दै आएको छ । एमालेबाटै राष्ट्रपति बनाउने हो भने शहाना प्रधान वा पूर्व सभामुख सुवाष नेम्वाङ्गलाई बनाइनुपर्ने माओवादीको आग्रह छ । ओलीको विरोधले कांग्रेसलाईमात्र सजिलो पारिदिएको छैन माओवादीलाईपनि सजिलो पारिदिएको छ । राष्ट्रपतिको जिम्मेवारी एमालेलाई दिने माओवादी-एमालेबीचको सहमतिबाट माओवादीले एउटा तीरले दुई चरा मार्न सफल भएको छ । बलियो प्रतिपक्षको रुपमा रहेका कांग्रेस र एमालेले सुरुमा राष्ट्रपति र प्रधानमन्त्री दुबै पद माओवादीलाई नदिने सहमति गरेका थिए । संविधान सभा चुनावपछिको यो सहमति निरन्तर रहेमा त्यसले माओवादीलाई अप्ठेरो पार्न सक्थ्यो । त्यसैले सो सहमति तोड्न माओवादी नेतृत्वले नयाँ पासा फ्याँक्यो । त्यो थियो- दुवै जिम्मेवारी माओवादीले नपाउने हो भने राष्ट्रपतिको जिम्मेवारी कांग्रॆसलाई होइन एमालेलाई दिने । माओवादीले फ्याँकेको यो पाशाले माओवादीविरुद्धको कांग्रेस-एमालेबीचको गठबन्धन तोड्न सफल भएको छ । राष्ट्रपतिको प्रस्ताव फ्याँकेर कांग्रेस र एमालेलाई माओवादीले 'एक नदीको दुई किनाराका यात्री' बनाइदिएको छ । माओवादीको प्रस्तावले बलियो कम्युनिष्ट प्रतिद्धन्दी एमालेभित्रलाईपनि दुई चिरामा विभाजित गरिदिएको छ । एमालेभित्रको यो झगडा चर्कंदै गएमा राष्ट्रपतिको जिम्मेवारी एमाले-कांग्रेसका कुनै नेताले होइन माओवादी र मधेशवादी दलहरुले प्रस्ताव गरे बमोजिम गणतन्त्रवादी नेता रामराजाप्रसाद िसंहले पाउने सम्भावना फेरि बढेको छ । चुनावमा आश्चर्यजनक सफलतापछि एमालेका स्थानीयस्तरका कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने क्रम बढेको छ । राष्ट्रपति सम्बन्धी विवादमा एमालेभित्रको विवाद अरु चर्क्यो भने विभाजित मनस्थितिका कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने क्रम अरु बढ्ने देखिन्छ । भनिन्छ राजनीति दाउपेचहरुको खेल हो । पछिल्लो दाउपेचमा फेरि माओवादी सफल देखिएको छ । -Sitaram Baral in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®