|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादीनिकट अखिल क्रान्तिकारीले १९ वटा, कांग्रेस निकट नेबि
संघ र एमाले निकट अनेरास्ववियूलेपनि ७ / ७ वटा क्याम्पसका सभापति पदमा विजय
हासिल काठमाण्डौं, 19 Mar, 09- व्यापक हिंसाकाबीच भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विहीबार बेलुकीसम्म प्रकासित माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले अग्रता हासिल गरेको छ । देशका अधिकांस क्याम्पसमा एमाले निकट अखिल र कांग्रेस निटक नेबिसंघबीच चुनावी गठबन्धन भएपनि दुई ठूला विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै क्रान्तिकारीले अग्रता हासिल गरेको हो । चुनावका क्रममा भएको हिंसामा एकजना विद्यार्थीको प्रहरीको गोली लागी निधन भएको छ भनेहिंसाकै कारण कैयौं क्याम्पसहरुमा मतदान नै स्थगित भएको छ । आरआर, पद्कन्या, सरस्वती, विश्वभाषा, नेपाल ल क्याम्पसमा विद्यार्थी संगठनहरुबीचको झडपका कारण चुनाव नै हुन सकेन । सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा भने विना अवरोध मतदान कार्य सम्पन्न भएको छ । चुनाव भएकै दिन बेलुकी अवेरसम्म प्राप्त परिणाम अनुसार अखिल क्रान्तिकारीले आफ्ना प्रतिद्धन्दी विद्यार्थी संगठहरुलाई पछि पार्दै १९ वटा क्याम्पसमा स्ववियू सभापतिमा विजय हासिल गरेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेबि संघ र एमाले निकट अनेरास्ववियूलेपनि ७ / ७ वटा क्याम्पसका सभापति पदमा विजय हासिल गरेका छन् । राजधानीभित्रका क्याम्पसमध्ये ललितपुरको लुभुस्थित महालक्ष्मी क्याम्पस र गोंगबुको शहीद मनोहरा क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ । राजधानी नजिकै काभ्रेका ४ क्याम्पसमध्ये २ वटामा अखिल क्रान्तिकारीले विजय हासिल गरेको छ भने २ वटामा एमाले अखिल तथा नेवि संघको संयुक्त प्यानलले विजय हासिल गरेका छन् । मकवानपुरको पालुङ्ग बहुमुखी क्याम्पसमापनि अखिल क्रान्तिकारी विजयी भएको छ । लमजुङ्गको सुन्दरबजार स्थित कृषि क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । लमजुङ्गकै रम्घा क्याम्पसमा नेबि संघ तथा सर्वादय क्याम्पस दुराडाँडामा एमाले निकट अनेरास्ववियू, भोर्लेटारस्थित क्याम्पसमा एमाले अखिल-नेबि संघ विजयी भएका छन् । कपिलबस्तुको तौलिहवामा भने सद्भावनाको विद्यार्थी संगठनले विजय हासिल गरेको छ । देशका अधिकांस क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियू र नेबि संघले अखिल क्रान्तिकारीसँग प्रतिस्पर्धा गर्नकालागि संयुक्त प्यानल बनाएपनि अखिल क्रान्तिकारीले उनीहरुलाई पराजित गरेको छ । नेबि संघ-अखिलको संयुक्त प्यानलसँग पराजित भएका क्याम्पसमा अखिल क्रान्तिकारी थोरै मतले पराजित भएको देखिन्छ । यस हिसावले विद्यार्थी वर्गमापनि माओवादीको जवर्जस्त प्रभाव परेको देखिएको छ । आपसी झडपका कारण क्याम्पस प्रशासनले अन्तिम समयमा आएर राजधानीका आरआर, पद्मकन्या र विश्वभाषामा चुनाव स्थगित गरेको छ । ती क्याम्पसमा तीन विद्यार्थी संगठनबीच झडप भएपछि क्याम्पस प्रशासनले चुनाव स्थगित गरेको हो । यसअघि नै नेपाल ल क्याम्पस र सरस्वती क्याम्पसमा चुनाव स्थगित भैसकेका छन् । |
|
|
आफूले सहजै जित्ने आशा गरेको आरआरमा अचानक चुनाव स्थगित भएपछि क्रान्तिकारीले आफूले जित्ने भएपछि एमाले अखिल र गृह प्रशासन मिलेर चुनाव स्थगित गरेको आरोप लगाउँदै क्रान्तिकारीले विहीबार बिहानै बिजय जुलुश निकालेको थियो । चुनाव नभएपनि सो क्याम्पसमा आफूले विजय हासिल गर्ने अवस्था रहेको क्रान्तिकारीको दावी छ । उता झापाको धुलावारी क्याम्पसमा प्रहरीले गोली चलाउँदा विद्यार्थी मणि तामाङ्गको मृत्यु भएको छ । चुनावका क्रममा बुथ लुट्न खोजिएपछि प्रहरीले गोली चलाएको बताइएको छ । -Sitaram Baral in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||