Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीको नयाँ प्रबक्तामा दीनानाथ शर्मा नियूक्त
राष्ट्रियता र गणतन्त्र पक्षधरहरुवीच वृहत मोर्चा वनाउने प्रस्ताव

काठमाण्डौं, December 16, 2008- नेकपा माओवादीले पार्टी जिम्मेवारीमा फेरबदल गरेको छ । केन्द्रिय समितिको पुस १ गतेको वैठकले पार्टी प्रवक्तामा दिनानाथ शर्मालाई ल्याएको छ ।

शर्माले सम्हाल्दै आएको संविधान सभा दल प्रमुख सचेतकमा पोष्टबहादुर बोगटीलाई दिइएको छ । यसअघि माओवादी प्रवत्ता सरकारका प्रवत्ता सूचना तथा सन्‍चारमन्त्री कृष्णबहादुर महरा थिए । एक व्यक्ति एक पदको नीति कार्यान्वयन गर्दै पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गरेको वैठकपछि केन्द्रिय सदस्य प्रवत्ता शर्माले जानकारी दिए ।

मन्त्रीको जिम्मेवारीमा रहेका नेताहरुलाई त्यसबाट मुक्त गरी अरु नेतालाई जिम्मेवारी दिइएको हो । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले मोहन वैद्यलाई संगठन विभागको प्रमुखमा कायम यथावत राखिएको छ भने विदेश विभागमा प्रमुखमा पनि चन्द्रप्रकाश गजुरेल नै यथावत छन् ।

लेखराभ भट्टले सम्हाल्दै आएको सेती महाकाली इन्चार्जमा धर्मेन्द्र बाँस्तोला, भोजपुरामा चन्द्र प्रसाद खनाल, थारुवानमा हरिभक्त कँडेल, किराँतमा ईन्द्रमोहन सिग्देल र मिथिलामा मातृका यादवलाई ईन्‍चार्ज बनाइएको छ ।

यसअघि किराँत राज्य इन्चार्ज गोपाल किराँती थिए । त्यसैगरी सरकार हेर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई तोकिएको छ । अध्यक्ष बाहेक अरुले सकि्रय रुपमा अरु जिम्मेवारी सहित दुई पद नलिने व्यवस्था गरिएको छ ।

आजको बैठकमा नेकपा एकताकेन्द्र मशालसँग एकताका लागि सांगठनिक कार्यविभाजनका विषयमा पनि छलफल भएको थियो ।

देशको सवै भन्दा ठुलो राजनीतिक दलको रुपमा रहेको नेकपा माओवादीले राष्ट्रियता र गणतन्त्र पक्षधरहरुवीच वृहत मोर्चा वनाउने प्रस्ताव अघि सारेको छ ।

हिजो बसेको केन्द्रीय समितिको वैठकले यही पुष देखी चार महिना सम्मका लागि राष्ट्रियता जागरण एव विकास अभियान सन्‍चालन गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको थियो ।

हिजो पारीत दस्तावेजमा पार्टीको महाधिवेशन आगामी असारको पहिलो सातामा गर्ने प्रस्ताव अघि सारीएको छ । महाधिववेशनबारे पनि निर्णय गरेर बैठक आजै सकिने छ ।

-Santa Bagam in Kathmandu

   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®