Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

माओवादीको जनसेनासम्बन्धी गोप्य प्रस्तावमा के के छन्?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौं, November 21, 2008- आजदेखि सुरु भएको माओवादीको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिने सबैजसो प्रतिवेदनहरु सार्वजनिक भएपनि सबैभन्दा गोप्य मानिएको जनसेनासम्बन्धी प्रस्ताव यूएस नेपाल अनलाइनले फेला पारेको छ ।


माओवादीको जनसेनासम्बन्धी गोप्य प्रस्ताव Document obtained by: Sitaram

सो प्रस्ताव संविधान सभामा निर्वाचित भएपछि माओवादी जनसेनाको डेपुटी कमाण्डरबाट राजिनामा दिएका बर्षमान पुन 'अनन्त' ले तैयार पारेका हुन् ।

माओवादी जनमुक्ति सेना र नेपाली सेनालाई समायोजन गरी नयाँ राष्ट्रिय सेना गठन गर्ने सम्बन्धी बहस चलिरहेका बेला अनन्तले भने नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नकालागि जनमुक्ति सेनालाई तैयारी हालतमा राख्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
 
प्रतिवेदनमा भनिएको छ- 'विद्रोहात्मक ढंगले क्रान्तिलाई पुरा गर्ने पार्टीको रणनीति अनुरुप सैन्य नीतिको निर्माण योजना एबं कार्यनीति तर्जुमा गरी सोही अनुसार विचार, राजनीति, प्राविधिक-वैज्ञानिक ट्रेनिङ्ग, अध्ययन, रिहस्रलका साथ जुनसुकै अवस्थाका लागि तैयारी अवस्थामा उच्च मनोवलमा जनमुक्ति सेनालाई राख्नुपर्छ ।' यसैगरी जनमुक्ति सेनालाई सूचना संकलन, विश्लेषण, योजना निर्माण एबं डमी अपरेशन लगायत सैन्य तैयारी र अभ्यासमा नियमित रुपमा लगाउने प्रस्तावपनि अनन्तले अघि सारेका छन् । सैन्य ट्रेनिङ्गलाई निरन्तरता दिनुका साथै मित्रराष्ट्रमासमेत अध्ययन एबं तालिमका लागि जनसेना पठाउनुपर्ने कुरा उनको प्रस्तावमा छ ।

माओवादी घाइते योद्दाकालागि उपचार तथा आराम केन्द्र खोल्नुपर्ने प्रस्ताव गरेका अनन्तले ठूला सरकारी योजनाहरु निर्माण सम्बन्धी कार्यको जिम्मा जनमुक्ति सेनालाई दिनुपर्ने कुरापनि उल्लेख गरेका छन् । सम्भावित सेना समायोजनको कार्य अन्तर्गत सेना समायोजन सुझाव समिति बनाउनुपर्ने अनन्तको तर्क छ । त्यस्तो समितिमा पार्टी, जनसेना र विशेषज्ञहरुलाई सामेल गरिनुपर्ने धारणा अनन्तले आफ्नो प्रतिवेदनमार्फत अघि सारेका छन् ।

स्मरणीय छ, सेना सम्बन्धी भएकाले यो प्रतिवेदन माओवादीले निकै गोप्य राखेको छ ।

-Sitaram Baral in Kathmandu







Document obtained by: Sitaram
 
Read our related news:
» माओवादी राष्ट्रिय भेलामा ११ सय नेता, कार्यकर्ता सहभाग (11 Photos)
» माओवादीको जनसेनासम्बन्धी गोप्य प्रस्तावमा के के छन्? (4 Photos)
» प्रचण्ड र किरणका प्रतिवेदनमाथि दुई धारमा रहेर टिकाटिप्पणी

» माओवादीको वैठकमा 'प्रचण्ड' र 'किरण' बीचमा आधारभूत अन्तर
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®