|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादीद्वारा न्यूनतम साझा कार्यक्रमको घोषणा, ठुला दलहरु असन्तुष्ट? काठमाडौं, August 3, 2008- नेकपा माओवादीले राष्ट्रिय सहमतीको सरकार सन्चालनका लागि साझा न्यूनतम कार्यक्रम अघि सारेको छ। राष्ट्रपति डा. रामवरण यादवले सबैभन्दा ठूलो दलको हैसियतले सरकार निर्माणको लागि पहल गर्न आग्रह गरेको चोथौं दिन माओवादीले ५० बुँदे न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरेको हो । सिंहदरबारस्थित माओवादी संविधान सभा दलको कार्यालयमा साउन १८ गते बसेको २५ दलको वैठकमा माओवादीले प्रस्तुत गरेको साझा न्यूनतम कार्यक्रमको बारेमा बाँकी दलहरुले आ-आफ्नो दलमा छलफल गरेर प्रतिकृया जनाउने भएका छन् । माओवादीले सो मस्यौदा साउन १६ र १७ गते बसेको केन्द्रीय समितिको निर्णय अनुसार तयार पारिएको हो । मस्यौदामा राष्ट्रियता र राष्ट्रिय हितको सम्बर्धन, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यन्वयन र राज्यको पुनरसंरचना, दिगो शान्ति र शान्ति सुरक्षाको प्रत्याभूति, तात्कालिक राहत र पुनःनिर्माण तथा क्रान्तिकारी सुधार तथा आर्थिक सामाजिक रुपान्तरण गरी पाँच मूख्य शीर्षक रहेका छन् । शहीद तथा वेपत्ता पारिएकाको परिवारलाई राहत, जनयुद्ध र जनआन्दोलनका घाइतेलाई उपचारको व्यवस्था, भौतिक संरचनाहरुको पुनर्निमाण, गरिबीको रेखामुनी रहेकाहरुलाई ऋणको व्यवस्था जस्ता कुरा तात्कालिक राहत कार्यक्रम अन्तर्गत राखिएको छ । माओवादीले अघि सारेको सो प्रश्तावमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, वैज्ञानिक भूमि सुधार, राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धमा सुदृढीकरण, जनमुखी संविधान निर्माणमा प्रतिभा पलायन रोक जस्ता कुरामा जोड दिइएको छ । वैठकपछि वाहिरिदै काँग्रेस सह-महामन्त्री तथा प्रवक्ता अर्जुन नरिसंह केसीले पार्टीमा वृहत छलफल गरेपछि मात्रै आधिकारिक प्रतिकृया दिने बताए । अध्ययन र छलफल पछि पार्टी धारणा सार्वजनिक गर्ने बताए पनि एमाले नेता विष्णु पौडेलले माओवादीको आलोचना गर्न भने बिर्सेंनन् । राष्ट्रिय सहमतीको सरकारको बन्न नसक्नुमा माओवादी अहंकार सबैभन्दा बढी जिम्मेवार रहेको पौडेलको आरोप थियो । नेकपा माले महासचिव सिपी मैनाली राष्ट्रपतिको आवहान अनुसार माओवादीबाट आएको साझा न्यूनतम कार्यक्रम अन्यन्त सकारात्मक रहेको बताए । माओवादी प्रवक्ता कृष्णबहादुर महराले आफ्नो पार्टीले ल्याएको प्रश्ताव अग्रगामी आर्थिक-सामाजिक रुपान्तरणको पक्षमा रहेको बताए । |
|
|
साँझ ४ बजे २५ दलको वैठक बस्नु अघि माओवादी र मधेशी जनअधिकार फोरमवीच
छलफल भएको थियो । छलफलपछि फोरम अध्यक्ष उपेन्द्र यादवले माओवादीकै
नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बन्नु पर्ने धारणा राखे। संविधान सभामा प्रतिनिधित्व गर्ने साना १३ दलले पनि माओवादीले ल्याएको प्रश्ताव हेरेर समर्थन वा विरोध गर्ने भएको छ । माओवादीले मस्यौदा तयार गरिरहँदा १३ दलको संयुक्त वैठक सिंहदरबार मै बसेकॊ थियो । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||