|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
News from Nepal & New York: Special: नयाँ गठबन्धनको हाँसो: फोटो फिचर |
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रचण्डद्वारा प्रधानमन्त्री पदमा उम्मेदवारी एमाले महासचिव खनाल प्रस्तावक र फोरम अध्यक्ष यादव समर्थक कांग्रेसबाट पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी, एमाले र फोरम बिच सात बुँदे सहमति: कुन मन्त्रालय कस्लाई? ![]() Prachanda with Jhalanath Khanal and Upendra Yadav (above) and Deuba (below). Photos: Santa & BBC. Com काठमाडौं, August 14, 2008-
एमाले र फोरमको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डले विहीबार
अपरान्ह साढे ४ बजे प्रधानमन्त्री पदमा उम्मेदवारी दिएका छन् । प्रचण्डसँग
प्रतिस्पर्धाकालागि नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री शेरबहादुर
देउवालाई खडा गरेको छ ।एमाले र फोरससँग सरकार गठनलगायतका सम्बन्धमा सात बुँदे सहमति भएपछि एमाले महासचिव झलनाथ खनाल प्रस्तावक र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थक बनाएर माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदकालागि उम्मेदवारी दर्ता गराए । उता देउवाले नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र महामन्त्री बिमलेन्द्र निधि प्रस्तावक राखेर उम्मदेवारी दर्ता गराएका छन्। |
|
![]() Jhalanath Khanal, Upendra Yadav and Prachanda. Photo: Santa Bagam प्रधानमन्त्रीको उम्मेदवारीकालािग ५ जनाले फाराम लगेपनि २ जनाको उम्मेदवारी परेपछि भोलि १ बजे बस्ने संविधान सभाको बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ । प्रचण्डको पक्षमा दुई तिहाईभन्दा बढि मत पर्ने स्थिति देखिएको छ । तीन ठूला दलबाहेक तमलोपा, सद्भावना, माले, संयुक्त, राप्रपा नेपाल आदिको मतपनि माओवादी अध्यक्ष प्रचण्डलाई नै पर्ने निश्चित छ । उम्मेदवारी दर्ता अघि तीन ठूला दलबीच सात बुँदे सहमति भएको थियो । सहमतिमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने, तीनै दलको भावनाको प्रतिनिधित्व हुनेगरी सरकारको साझा नीति तथा कार्यक्रम बनाउने, सरकारमा सहभागी हुने दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउने लगायत रहेको बताइएको छ । ![]() Prachanda. Photo: Santa Bagam सार्वजनिक नगरिएपनि कुन कुन मन्त्रालय कुन पार्टीले लिने भन्ने आपसी समझदारीपनि तीन पार्टीले गरेका छन् । जसअनुसार सबैभन्दा विवादको विषय बनेको रक्षा मन्त्रालय नेकपा माओवादी ले नै पाउने भएको छ । माओवादीको भागमा रक्षाका अलवा अर्थ, शान्ति तथा पुनर्निर्माण, शिक्षा, भूमिसुधार, श्रम तथा यातायात मन्त्रालयलगायत ९ मन्त्रालय परेको छ । यसैगरी एमालेले गृहमन्त्रालय पाउने भएको छ । यसैगरी परराष्ट्र स्थानीय विकास, जलश्रोत लगायत ६ वटा मन्त्रालय एमालेले सम्हाल्नेछ भने फोरमले सूचना तथा सन्चार, कृषि, उद्योग तथा बाणिज्य, महिला तथा समाजकल्याण मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सरकारमा सामेल हुने अन्य साना पार्टीले पाउने मन्त्रालयका सम्बन्धमा पछि निर्णय हुने बताइएको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||