Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

अब च्यालेन्ज दिने पालो माओवादी जनमुक्ति सेनाको, पढौं



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौ, 23 Jan, 09- हामी अनमिनको सुपरिवेक्षणमा दृढताकासाथ शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर्याउन कठिनाइका बादजुद क्याण्टोनमेण्टमा बसिरहेको जनमुक्ति सेनालाई लगाइएको आक्षेपको घोर भत्स्रना गर्दछौं।

मिति: १० माघ २०६५

प्रेश विज्ञप्ति

जनमुक्ति सेना नेपाल १० वर्षे जनयुद्धको ऐतिहासिक विकास क्रम देखिनै आमूल परिवर्तनका लागि ठूलो त्याग र बलिदानको प्रवाहबाट निर्माण भएको संगठन हो । । आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, यसमा जनमुक्ति सेना नेपालको सर्वाधिक महत्वपूर्ण भुमिका थियो भन्ने कुरा पनि दिनको घाम जत्तिकै छर्लङ छ । संघीयता, लोकतन्त्र, शान्ति, अग्रगमन र समुन्नत राष्ट्र निर्माणको लागि तत्कालिन नेपाल सरकार र नेकपा माओवादी बिच ऐतिहासिक विस्तृत शान्ति सम्झौता सम्पन्न भएको कुरा पनि सबैमा जगजाहेरै छ । यो सम्झौताको मर्म र भावना अनुसार संयुक्त राष्ट्र संघको मध्यस्थता र सुपरिवेक्षणमा जनमुक्ति सेना असंख्य भौतिक कठिनाईसंग मुकाबिला गर्दै गहन जिम्मेवारी बोधकासाथ क्याण्टोनमेन्टमा बसिरहेको पनि सबैलाई थाहा भएकै कुरा हो । शान्ति सम्झौताको अर्को महत्वपूर्ण पक्ष भनेको सेना समायोजन सरकारले विना भेदभाव आत्मसम्मानका साथ गर्नु पनि हो ।

शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउन सबै परिवर्तनप्रेमी नेपालीहरुको शान्तिको चाहनालाई व्यवहारमा प्रत्याभुती दिने सकारात्मक सोच र कदम चाल्नु आजको आवश्यकता हो । तर देशका प्रमुख राजनीतिक दल र तीनका शिर्षस्थ नेताहरुबाट सानातिना कुरा या घटनालाई बदनियतपूर्वक उचालेर तिलको पहाड खडा गर्न खोजिएको छ । पछिल्ला दिनहरुमा विरगंज, पोखरा लगायतका ठाउँमा विभिन्न वहानामा आफ्नो कुित्सत राजनीतिक स्वार्थ पूर्तिको लागि प्रमुख पार्टी र तिनका नेताहरुबाट जनमुक्ति सेनामाथि तथानाम आरोप लगाइएको छ । सेना समायोजन जस्तो गंभिर विषयलाई समाधानको उपायको खोजि गर्नुको सट्टा क्याण्टोनमेण्टका हतियार बुझाउनु पर्दछ, लडाकू विघटन गर्नु पर्दछ, जेल हाल्नु पर्दछ, छाति नापेर नेपाली सेनामा मिसाउनु पर्दछ, रोजगारिको लागि विदेश पठाउनु पर्दछ भन्ने जस्ता हद दर्जाको गैर जिम्मेवारपूर्ण राजनीतिक अभिव्यक्तिप्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ । यस्ता अभिव्यक्तिहरु सार्वजनिक सभा समारोहमा ओकल्दै जानुले सिंगो शान्ति प्रकि्रयामानै आँच पुग्ने कुरा जानकारी गराउँदछौं । हामी अनमिनको सुपरिवेक्षणमा दृढताकासाथ शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर्याउन कठिनाइका बादजुद क्याण्टोनमेण्टमा बसिरहेको जनमुक्ति सेनालाई लगाइएको आक्षेपको घोर भत्स्रना गर्दछौं । यस्ता कुतर्क र प्रमाण विहीनताका कुरा उचालेर शान्ति प्रकि्रयालाई अबरोध खडा गर्दा देशमा द्वन्द, अराजकता र अस्थिरता सृजना भई आउने घातक परिणामको जिम्मा तिनै नेतृत्व स्वयमंले लिनुपर्ने कुराको स्मरण गराउँदछौं । जनमुक्ति सेना नेपाल जनताको शान्ति प्रतिको चाहना र शान्ति सम्झौताको मर्मलाई बोध गरि विगतको त्याग बलिदान र सौर्यलाई उचो राख्दै आत्मसम्मानका साथ यहाँसम्म आई पुगेको र आगामि दिनहरुमा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समुन्नत नेपालको निर्माण अभियानमा आफ्नो जिम्मेवारीलाई दृढताकासाथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
 
मन्जिल
कार्यालय सचिव
सैनिक मुख्यालय
जनमुक्ति सेना नेपाल
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®