Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

माओवादीको जनमुक्ति सेनाले यसरी खर्च बिनियोजन गर्थे



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाडौँ, October 3, 2008- जनयुद्ध कालमा माओवादीले जनमुक्ति सेनाको विभिन्न सैनिक एकाइहरुका लागि हातहतियार र गोलीगठ्ठाबाहेक अन्य के-कस्ता सामग्री र त्यसका लागि कति रकम विनियोजित गर्थ्यो भन्ने विवरण फेला परेको छ ।

आफ्ना पार्टी कमिटी र जनमुक्ति सेनाको विभिन्न तहका युनिटका लागि माओवादीले सोनी कम्पनीको रेडियोका लागि अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म दिने गरेको थियो । क्यामेराका लागि पनि त्यति नै रकम छुट्याइएको थियो । उपर्युक्त सामान कम्पनी कार्यालयदेखि डिभिजन, हेडक्वार्टर कार्यालयसम्मले पार्टीको रकम खर्च गरी किन्न सक्थे । कम्पनीदेखि डिभिजन कार्यालयसम्मले अधिकतम चार हजार पाँच सय रुपैयाँसम्मको वाकमेन पनि किन्न सक्थ्यो । बटालियन कार्यालयदेखि डिभिजन कार्यालयसम्मलाई आवश्यक परेको खण्डमा ६० हजार रुपैयाँसम्मको भिडियो क्यामेरा किन्ने अनुमति दिइएको थियो । युद्धकालमा आफ्ना गतिविधि र लडाइँका अधिकांश दृश्य माओवादीले भिडियो क्यामेरामा कैद गर्दै आएका थिए।

पार्टीको क्षेत्रीय ब्युरो कार्यालय, केन्द्रीय कार्यालय र जनमुक्ति सेनाको डिभिजन कार्यालयसम्मलाई प्रोजेक्टर र बिजुलीका लागि जेनेरेटर किन्ने स्वीकृति प्राप्त थियो । यसैगरी मुख्य जिल्ला, क्षेत्र, कमान्ड, पार्टी हेडक्वार्टर, जनपरिषद्को केन्द्रीय कार्यालय, प्रकाशन विभाग, जनवर्गीय संगठन, मोर्चा र विभाग एवं जनमुक्ति सेनाको डिभिजन र सैन्य प्रतिष्ठानलाई आवश्यक कम्प्युटर दिने नीति पनि बनेको थियो ।

युद्धको समयमा अस्थायी क्याम्प बनाएर बस्दा जनमुक्ति सेनाको प्रत्येक सेक्सनलाई सेन्ट्री टर्चका लागि दुई सय रुपैयाँ दिने आन्तरिक नियम थियो । प्रीन्टर, फोटोकपी मेसिनजस्ता सामग्री जिल्ला, क्षेत्र, जवस मोर्चा र विभागका संयुक्त कार्यालय, प्रकाशन, रेडियो डिभिजन, सैन्य प्रतिष्ठान, कमान्ड र केन्द्रीय कार्यालयसम्म आवश्यकताअनुसार दिन सकिने व्यवस्था गरिएको थियो ।

थरोलाइट डिभिजन, बृगेड, सैन्य प्रतिष्ठान र क्षेत्रीय ब्युरो र कम्पनी कार्यालयसम्मका लागि १२ हजार रुपैयाँसम्मको बाइनाकुलर दिने व्यवस्थासमेत थियो । जनसेना र पार्टी कार्यकर्ताले झरिका बेला ओढ्न/ओछ्याउन वार्षिक सय रुपैयाँसम्मको प्लास्टिक किन्न सक्थे । मोबाइल फोन जिल्ला र कम्पनीसम्मका कार्यकर्ताले अधिकतम पाँच हजार रुपैयाँसम्मको किन्न सक्थे भने सेक्सन र प्लाटुनसम्मका लागि पाँच सय रुपैयाँसम्मको रेडियो पाउँथे । आवश्यकपरे सेक्सनसम्मका लागि तीन सय रुपैयाँसम्मको सेन्ट्री घडी दिइन्थ्यो । गाउँ-गाउँमा बिजुली नपुगेकाले विद्युतीय सामग्रीका लागि सोलार किन्न सकिने नीति पनि बनाइएको थियो तर सोलारका लागि रकमको हद भने तोकिएको थिएन । जिल्ला पार्टी कमिटी र कम्पनीसम्मले सोलार किनेर उपयोग गर्न सक्थे ।

माओवादीले युद्ध अवधिमा प्रयोग गरेको उच्च प्रविधिमध्ये सबैभन्दा महत्वपूर्ण र महँगो प्रविधि सेटलाइट र फोन थियो । आवश्यक कमान्ड गर्न र सूचना सम्पर्कका लागि मात्र प्रयोग गर्न स्याटलाइट फोन क्षेत्रीय ब्युरो कार्यालय, कमान्ड कार्यालय, केन्द्रीय कार्यालय र कामका आधारमा केन्द्रीय विभागले तय गरी प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®