Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

माओवादी जनसेनाको ज्यादती, कुटाइबाट दर्जनवढी गाउँले घाइते



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'भोलिदेखि स्कूलको परीक्षा छ, तर छोराहरु कहाँ छन्, अहिलेसम्म थाहा छैन ।'

कल्याण, सुर्खेत, 14 Mar, 09- सुर्खेतको दशरथपुर स्थीत छैठौ डिभिजन अन्तगतको कल्यानको खोल्टेपानीमा रहेको जनमुक्ति सेनाको जीत स्मृति ब्रिगेडमा शुक्रवार स्थानिय बासिन्दाले प्रदर्शन गरेपछि उत्पन्न तनावका कारण स्थानीय तीन गाउको अवस्था अझै पनि सामान्य बनेको छैन ।

कल्याणको बागखोर, कल्याण र खोल्टेपानीका करिब सय युवा तथा किशोरहरु शनिबारसम्म पनि घर फर्किएका छैनन् र उनीहरुको अवस्था अज्ञात रहेको जनाइएको छ ।

शिविरका लडाकूले गाउमा पसेर ज्यादति गरेको भन्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीमाथि शुक्रबार दिउसो जनसेनाका लडाकूले आक्रमण गरेपछि भागदौड मच्चिएको थियो । आक्रमण तथा भागदौडका क्रममा कम्तिमा दुइ दर्जन व्यक्ति घाइते भएका थिए । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये देवबहादुर सिंजालीमगर, ननबहादुर ताउले, कुलबहादुर सारुमगर, टेकबहादुर गुरुङ्ग र धनबहादुर घर्तीमगरको वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । गणेश रास्कोटीमगर र अर्का एक युवालाई उपचारको लागि कोहलपुर लगिएको छ । चन्द्रबहादुर कामी, गंगाराम दमाई, पर्सबहादुर बिरकट्टा, दण्डपाणि चालिसेलगायतका व्यक्तिहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको सुर्खेतका प्रहरी प्रमुख छविलाल जोशीले बताए ।

शिविरका सेनाहरु गाउ पसेर चेलिबेटीलाई जिस्काउने र युवाहरुलाई कुटपिट गर्ने क्रम नरोकिएको भन्दै कल्याणको खोल्टेपानी, बागखोर र कल्याणका जनताहरु शुक्रबार दिउसो १२:३० बजे नाराजुलुशसहित ब्रिगेडस्थलतिर गएका थिए । करिब डेढ सय व्यक्ति सम्मिलित सो जुलुशमा स्थानीय माओवादी कार्यकर्ता पनि थिए । वाइसिएलका जिल्ला कमिटी सदस्य उदय विकले त स्थानीयवासीलाई विरोधमा उत्रिन र्सार्बजनिक आव्हान नै गरेका थिए ।

घटनामा परी घाइते भएका ननबहादुर ताउलेका अनुसार जुलुश मुख्यसडकमा रहेको कल्पना गेट पार गरेर करिब दुइ सय मिटर अघि पुग्ने बित्तिकै क्याम्पतिरबाट आएका सेनाले अन्धाधुन्ध आक्रमण गरेका थिए । 'हामी शान्ति सुरक्षाको वातावरण मिलाउन माग गर्दै क्याम्पतिर जादै थियौ, एक्कासी उनीहरुले लाठीचार्ज गर्न थाले, त्यसपछि त को कता गयो कसैलाई पत्तो भएन,' नन्बहादुरले भने, 'जनसेनाका लडाकूका कारण हामीले गाउमा बस्नै नसकिने भएपछि कमाण्डरसग कुरा गर्न गएका थियौ', तर उल्टै आक्रमण भयो ।' जनसेनाका झण्डै तीन सय लडाकूहरुले क्याम्पबाट करिब आठ सय मिटर तल झरेर सर्बसाधारणमाथि आक्रमण गरेको उनले बताए ।

आक्रमणपछि सर्बसाधारणहरु भागाभाग भएका थिए । करिब दुइ दर्जन युवाहरु त भेरी नदीबाट पौडी खेलेर रामघाट पुगेका थिए । जुलुश तितरबितर भएपछि जनसेनाका लडाकूहरुले प्रदर्शनकारीलाई खोज्दै कुटपिट गरेको टेकबहादुर गुरुङ्गले बताए । उनले भने, 'मलाई पनि १०/१२ जनाले लखेट्दै लगेर समाते, अनि लठ्ठीले र लात्ताले मर्ने गरी कुटे ।' कुटपिटपछि आफू बेहोस भएको उनले बताए ।

घटनापछि भागेका युवाहरु अहिले छिन्चु, वीरेन्द्रनगर, साटाखानी र दशरथपुर लगायतका ठाउमा लुकेर बसेका छन् । कल्याणकी धनमाया गाहामगरका अनुसार बागखोर, कल्याण र खोल्टेपानीका कम्तिमा एक सय युवा र किशोरहरु अहिले पनि गाउ फर्किएका छैनन् ।
 
आइतबारदेखि सुरु हुने विद्यालयस्तरीय परीक्षाका कारण वेपत्ता छात्रछात्राका अभिभावकलाई चिन्तित बनाएको छ । धनमायाले भनिन्, 'भोलिदेखि स्कूलको परीक्षा छ, तर छोराहरु कहा छन्, अहिलेसम्म थाहा छैन ।' ८ कक्षामा पढ्ने छोरा चेतन अहिले पनि सर्म्पर्कमा नआएको उनले बताइन् । स्थानीय सरस्वती माविमा अध्ययनरत खगेन्द्र गाहामगर, गणेश गाहा, तुलबहादुर बाकाबल, उमेश बाकाबल, रञ्जन गाहामगर पनि वेपत्ता भएको उनीहरुका अभिभावकले बताएका छन् ।

जनमुक्ति सेनाको सुर्खेतस्थित छैठौ डिभिजन अन्तरगतको जीत स्मृति ब्रिगेड र स्थानीय जनताको सम्वन्ध सुरुदेखि नै राम्रो थिएन । २०६३ मंसिरमा शिविर राख्ने बेला नै स्थानीयवासीले विरोध गरेका थिए । त्यतिबेला धेरै लामो प्रयासपछिमात्र स्थानीयवासीले प्रस्तावित सामुदायिक बन क्षत्रमा क्याम्प राख्न स्वीकृति दिएका थिए । तर, क्याम्प स्थापना भएपछि जनसेना र स्थानीय जनताबीच पटकपटक टकरावको स्थिति पैदा भयो ।

ब्रिगेडका सचिव विश्वप्रकाशको 'यो घटना उत्कर्षो स्वरुप हो' भन्ने भनाईले पनि स्थानीय र जनसेनाबीचको सम्बन्ध कस्तो थियो भन्ने देखाउछ । घटनाबारे बुभन गएका पत्रकारसग उनले भने, 'बिगतमा हाम्रा साथीहरुले पनि केही गल्ति गरेका थिए, उनीहरुले पनि गल्ति नगरेका होइनन्, तर समयमै सहमतिको प्रयास नहुदा घटना घट्यो ।' उनको भनाईमा अहिलेसम्म स्थानीयवासी र जनसेनाबीच करिब दर्जनभन्दा बढी झडपका घटना घटेका थिए ।

-Geban Mijhar in Surkhet
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®