Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पाल्पामा अझै माओबादी कार्यकर्ताको ज्यादती कायमै



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको तर त्यसको महसुस गर्न नपाएको गुनासो

पाल्पा, November 23, 2008- पूर्वि पाल्पाको बाकामलाङ्ग गाविसका स्थानीय बासिन्दा, बुद्धिजिवी, विद्यालयका शिक्षक, विद्यार्थी, बाल क्लव र आमा समूहका सदस्यहरुले माओबादी कार्यकर्ताको ज्यादतीले आफुहरु पिडित बनेको बताएका छन् ।

जिल्लाको सवैभन्दा पुर्वमा रहेको बाकामलाङ्ग गाविस पाल्पाको सदरमुकाम तानसेनदेखि करीव ८४ किलोमिटरको दुरीमा पर्दछ ।

राधाकृष्ण माध्यमिक विद्यालय, बाकामलाङ्ग र बालबालिकाका लागि संयुक्त अभियान पाल्पाले राधाकृष्ण माध्यमिक विद्यालयमा राखेको 'विद्यालय शान्ति क्षेत्र र विकास' विषयक नागरीक सुनुवाईमा स्थानीय माओबादी कार्यकर्ता रामबहादुर खत्रीले गाँउ र विद्यालयलाई आतंकित तुल्याएको आरोप लगाउदै कारबाहीको माग गरेका थिए ।

शान्ति सम्झौतामा हस्ताक्षर गरेर देश लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गैसक्दा पनि गाँउलेहरुलाई र विद्यार्थीहरुलाई बाधा गरेको भन्दै उनीहरुले कारबाहीको माग गरेका हुन् । कार्यक्रममा सहभागी शिक्षक शालिकराम सिग्देलले विद्यालयका शिक्षकहरु पनि ढुक्क भएर अध्यापन कार्यमा संलग्न हुन नपाएको बताउदै भन्नु भयो 'पटक पटक विभिन्न कारण र बाहाना देखाएर शिक्षकहरुलाई मानसिक टर्चर दिने र विद्यालयमा आएर तिमीहरु माओबादी बन्नु पर्छ भनि धम्क्याउछन् ।' यस्तै गाविस स्तरीय बाल मन्‍चका अध्यक्ष तथा राधाकृष्ण माविका विद्यार्थी मिन बहादुर थापाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको तर आफुहरुले त्यसको महसुस गर्न नपाएको बताउदै थपे 'हामी कुनै पनि पार्टीका कार्यकर्ता होईनौं र हामी पढ्ने विद्यालयमा कुनै पनि पार्टीले हस्तक्षेप गर्न र विद्यालयको बाताबरणलाई विगार्न तथा पढाईमा बाधा पार्न पाईदैन हामीले हाम्रो पढाईलाई ढुक्कसंग अगाडि बढाउन पाउनु पर्छ ।'
कार्यक्रममा सहभागी धेरै जसोको गुनासो माओबादी कार्यकर्ता खत्रीप्रति लक्षित रहेका थिए ।

जनजागरण महिला समूहकी कोषाध्यक्ष यमकला पाण्डेले माओबादी कार्यकर्ताकै कारण आफुहरुले गाविसबाट पाउनु पर्ने ५० हजार रकम पनि पाउन नसकेको बताउदै आफुहरुको हरेक काममा माओवादिले भाजो हाल्ने र सवैलाई भ्रष्ट्राचारी भन्दै थर्काउने गरेको गुनासो गर्नु भयो । बाकामलाङ्ग उप-स्वास्थ्य चौकिका ईन्चार्ज मणिराम अधिकारीले पनि आफुलाई पटक पटक सरुवाको धम्कि दिने, भ्रष्ट्राचारीको आरोप लगाउने, निच शव्दको प्रयोग गरी गाली गर्ने ,पटक पटक विभिन्न विषयमा दवाव दिदै माओबादीको सहभागीता विना कुनै पनि काम नर्गन धम्कि दिने र पार्टीकै लेटर प्याडमा चिठ्ठि लेखि कामहरु रोक्न लगाउने गरेको सार्वजनिक गर्नु भयो ।

अधिकांश समय निज खत्रीको ज्यादतीमै केन्द्रित भएको कार्यक्रममा नेकपा माओबादीका जिल्ला सदस्य कमल भट्टराई, नेपाली कांगे्रसका क्षेत्रिय सभापति ज्ञान बहादुर गाहामगर र नेकपा एमालेका देउ बहादुर बयम्बु मगरको पनि उपस्थिति रहेको थियो ।
  माओबादी कार्यकर्ताको ज्यादतीबाट पिडित भएका जनताको गुनासो सुन्नु भएका नेपाली कांगे्रसका प्रतिनिधि ज्ञानबहादुर गाहाले भन्नु भयो 'सरकारमा पुगेको माओबादी पार्टीको द्धन्द्ध कालको धंगधंङ्गी हटाउन सवै जना एकजुट भएर प्रतिबाद गर्नु पर्छ ।' यस्तै एमालेका प्रतिनिधि देउबहादुर बयम्बुमगरले गाविसमा आतंक मच्चाउदासमेत कोही कसैले केही गर्न नसकेको बताउदै सरकारमा माओबादी पार्टी भएकोले गाविसमा पनि उसले जे भन्यो त्यही हुनु पर्छ भन्ने मान्यता राखेका कारण समस्या परेको दावी गर्नु भयो ।

सवैको कुरा सुनिसकेपछि माओबादी जिल्ला नेता कमल भट्टराईले पार्टीको नामबाट गलत काम भएको भए निज रामबहादुर खत्रीलाई सवैको अगाडि कारबाही गर्नै प्रतिबद्धता जनाउदै खत्रीलाई पनि कार्यक्रममा सहभागी गराउन पटक पटक मोबाईलमा फोन गरेको तर उहाँ काठमाण्डौ जानु भएकाले उपस्थित गराउन नसकेको बताउनु भयो ।

झण्डै ३ घण्टासम्म चलेको उक्त नागरीक सुनुवाईमा सर्वसाधारण र विद्यार्थी तथा बाल क्लवका भाईबहिनीले माओबादी कार्यकर्ताको ज्यादतीको खुलेरै विरोध गरे । कार्यक्रममा महिला मानव अधिकार र बालबालिकाको क्षेत्रमासमेत प्रश्नहरु उठेका थिए । सुनुवाई कार्यक्रममा उठेका गुनासाहरुको महिला विकास कार्यालयका महिला विकास अधिकृत चमेलीदेवी श्रेष्ठ, बाल संरक्षण अधिकृत हरिबहादुर सारु, मानव अधिकार तथा शान्ति समाज पाल्पाका सभापति पुस्करराज रेग्मी र ईन्सेक प्रतिनिधि दुर्गा पोखरेलले जवाफ दिनु भएको थियो । कार्यक्रम राधाकृष्ण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रानामगरको सभापतित्वमा चलेको थियो ।

-Haribahadur Saru Magar in Palpa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®