|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
Classifieds» | |
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
माओवादी, कांग्रेस र एमालेद्वारा एक मधेश एक प्रदेश
माग अस्विकार देश मधेसी दलहरुको अत्तोसँगै मुठभेडको दिशातिर काठमाडौं, June 30, 2008- मधेशी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले एक मधेश एक प्रदेशलाई संविधानमा तत्काल उल्लेख नगरिए मुठभेडको अवस्था आउने चेतावनी दिएका छन् । गुप्ताले चुनावअघि सरकारले आफूहरुसंग गरेको सम्झौता अनुसार मधेशको माग कार्यान्वयन नगरिए अहिलेसम्मकै चर्को आन्दोलन उठाउने बताएका छन् । 'सात दल मधेशसंग मुठभेड गर्ने तयारी गरिरहेका छन्' गुप्ताले चेतावनीका साथ भनेका छन्- 'हामीपनि आवस्यक परे उनीहरुसँग भिड्न तयार छौं ।' सात दलको पछिल्लो गतिविधिले मुलुक नयां द्वन्द्वमा जानसक्ने बताएका गुप्ताले मधेशलाई एक प्रदेश बनाउन मधेशी जनतालाई आन्दोलनका लागि तयार रहन भनिएको बताए । आफूहरुले कसैलाई कुनै पद दिलाउनका लागि संविधान सभा बैठक अवरुद्ध नपारेको बताउँदै गुप्ताले आफूहरुको माग पूरा नभएसम्म संविधान सभा बैठक चल्न नदिने चेतावनीपनि दिएका छन् । गुप्ताको भनाई छ- 'तीन दलले शान्ति प्रकृयालाई अहिलेको बिन्दुमा ल्याएपनि विगतमा गरिएका सम्झौता पालना नगर्ने रणनीति बनाएर देशलाई दुर्घटनाको अवस्थामा पुर्याउन खोजेका छन् ।' संविधान सभामा मधेशीको अस्तित्व संकुचित बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै गुप्ताले मधेशीहरु एक भएर आफ्नो हक, अधिकार स्थापित गराउने अभियानमा लाग्ने बताए । उनले भने- 'मधेशको अधिकार स्थापित गर्ने हकमा संविधान सभाबाट बाहिरिएर संघर्षमा जाने सम्मको अवस्था आउनसक्छ।' नेकपा माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले मधेशलाई एक प्रदेश बनाइए मुलुक बिखण्डनमा जानसक्ने खतरा औल्याए । रिपोटस्र क्लबमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता गजुरेलले भने- 'मधेशमा अन्य समुदाय र संस्कृतिका जनतापनि छन् । एक मधेश एक प्रदेश कुनै हालतमा मान्न सकिदैन । त्यसले मुलुक बिखण्डनतर्फ जानसक्छ ।' मुलुक बिखण्डन गर्ने उद्येश्यले चालिएका कुनै पनि गतिविधिलाई चिर्दै आफ्नो पार्टी अगाडि बढ्ने उनको भनाई थियो । शक्ति बांडफांडमा एमालेसंग निकटता बढेको बताएपनि एमाले नेता माधवकुमार नेपाललाई राष्ट्रपति नमान्ने माओवादी नेता गजुरेलले बताए । उनले भने- 'संविधान सभा निर्वाचनमा दुई ठाउंमा पराजित भएका माधव नेपाललाई राष्ट्रपति बनाए जनादेशको उपहास हुन्छ ।' उता नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिङ्ह केसीले कांग्रेसलेपनि एक मधेश एक प्रदेशको माग कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् । प्रदेशको बांडफांडमा बृहत छलफल गरेर निष्कर्ष निकाल्ने जनादेश भएको बताउँदै केसीले भने- 'एक मधेश एक प्रदेश र आत्मनिर्णयको अधिकारसहितको प्रदेशलाई कांग्रेसले कुनै हालतमा स्वीकार गर्दैन ।' एमालेका केन्द्रीय सदस्य शंकर पोखरेलले एक मधेश एक प्रदेश नमान्ने बताए । 'समग्र मधेशलाई एक प्रदेश बनाउँदा अन्य क्षेत्र, समुदाय, संस्कृतिका जनताले पनि तत्काल प्रदेश बनाउने माग उठाउनेछन्' पोखरेलले भने- 'मधेशीको माग मात्र पूरा गर्दा अन्य क्षेत्र, संस्कृतिका जनतामाथि अन्याय हुनजान्छ ।' संविधान सभा बैठक अवरुद्ध गर्दै दबाब दिएर गराउन खोज्नु न्यायसंगत नहुने टिप्पणी गरे । |
|
|
नेकपा माले का महासचिव सीपी मैनालीले प्रधानमन्त्री
गिरिजाप्रसाद कोइरालाले मधेशवादी दलसंग मधेश स्वायत्त प्रदेशलगायत आठ बुंदे
सम्झौता गर्नु संविधानविपरित रहेको बताए । मैनालीको भनाई थियो- 'सबै दलको
सहमतिमा नभई निरिह प्रधानमन्त्रीलाई दबाबमा पारेर केही मधेशवादीहरुले
हस्ताक्षर गराएका हुन् त्यसलाई हामी मान्दैनौं ।' छ महिना संविधान सभा निर्वाचन सार्ने साहस नगर्दा मुलुक अहिलेको अवस्थामा पुगेको बताउँदै मैनालीले एक मधेश एक प्रदेशलाई अनुमोदन गर्न खोजे संसदबाटै भण्डाफोर र विद्रोह गर्ने चेतावनीपनि मैनालीले दिएका छन् । उनले मुलुकलाई भुटानीकरण र सिक्किमिकरणको दिशामा लान खोजिएको शंका गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सर्वेन्द्रनाथ शुक्लाले मधेशलाई एक स्वायत्त प्रदेशका रुपमा संविधानमै उल्लेख नगरेसम्म संविधान सभा बैठक हुन नदिने चेतावनी दिए । आफूहरुले एक मधेश एक प्रदेश नभनेको भन्दै सरकारसंग भएको आठ बुंदे सम्झौताको कार्यान्वयन पालना गर्न मात्र भनेको बताए । -Sharmila Thapa in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||