Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीको राष्ट्रिय कार्यकर्ता भेला मंसीर ५ देखि ७

काठमाण्डौं, October 26, 2008- कार्तिक २५ गतेदेखि गर्ने भनिएको नेकपा माओवादीको राष्ट्रिय कार्यकर्ता भेला १० दिन पछाडि सरेको छ । असोज तेश्रो साता सम्पन्न केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कार्यालयको तर्फबाट पेश गरेको प्रतिबेदनप्रति असहमति जनाउँदै पार्टीका बरिष्ठ नेता मोहन बैद्य 'किरण' ले फरक मत सहितको प्रतिवेदन पेश गरेपछि त्यसबारे टुङ्गो लगाउन माओवादीले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।

भेला कार्तिक २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने तय गरिएको थियो । 'तर अकस्मात भेला सारिएको सूचना आएको छ' राज्य समितिस्तरीय एक माओवादी नेताले यूएस नेपाल अनलाइनसँग भने- 'भेला सारिनुको कारण भने केहीपनि बताइएको छैन ।' कतिपय श्रोतहरुले भने प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड बिमस्टेकको बैठकमा भाग लिन भारत जानुपर्ने भएकोले कार्यकर्ता भेला सारिएको बताएका छन् ।

बिमस्टेकको सम्मेलन आगामी नोभेम्बर १३ (कार्तिक २८) मा भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ । माओवादीको राष्ट्रिय कार्यकर्ता भेला भने कार्तिक २५-२७ सम्म हुने भएकाकारण प्रचण्डले नभ्याउने भएको बताइन्छ । त्यसैले बिमस्टेक बैठक सकिएपछि हुने गरी राष्ट्रिय कार्यकर्ता भेलाको समय तय गरिएको छ । श्रोतकाअनुसार अब मंसीर ५ देखि ७ सम्म हुनेगरी कार्यकर्ता भेलाको आयोजना गरिएको छ ।

माओवादी श्रोतकाअनुसार पार्टीको आगामी कार्यदिशा के हुने भन्ने बारेमा माओवादीभित्र चर्किएको विवाद साम्य हुने स्थिति देखा परेको छ । अध्यक्ष प्रचण्ड बरिष्ठ नेता किरणको फरक मतमा रहेका कतिपय सकरात्मक कुराहरुलाई समेटेर नयाँ प्रतिवेदन तैयार पार्न सहमत भएपछि सहमतिको स्थिति देखा परेको हो । केन्द्रीय कार्यालयले पार्टीको राज्य समितिसम्म किरण र प्रचण्डको प्रतिवेदन छलफलका लागि पुर्याएको छ ।

प्रचण्डले गत केन्द्रीय समितिको बैठकमा मौखिक प्रतिवेदन पेश गरेपनि हाल त्यसलाई लिखित रुप दिई राज्य समितिसम्म वितरण गरिएको छ । 'दुबै प्रतिवेदनलाई मिलाएर पार्टीको कार्यदिशा तय गर्ने सहमति भैसकेको छ' माओवादी श्रोतले भन्यो- 'यसैअनुसार दुवै प्रतिवेदनलाई सँगसँगै तल्लो कमिटीसम्म पुर्याइएको हो दुबै प्रतिवेदन कार्यकर्ता पंक्तिले पढेर सुझाव दिएपछि उनीहरुको सुझाव अनुसार पुनर्लेखन हुनेछ ।' पार्टीमा एकताकालागि कार्यकर्ता पंक्तिले दिएको दबाबका कारणपनि नेताहरु मिलेर जान सहमत भएका हुन्।

-Sitaram Baral in Kathmandu




   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®