Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीको नाम आतंककारी सूचिबाट छिट्टै हटाईने अमेरिकी राजदूतको दाबी

काठमाण्डौं, October 22, 2008- अमेरिकाले नेपालमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीको नाम आफ्नो देशको आतंककारी सूचिबाट छिट्टै हटाउने भएको छ ।

अमेरिकी राजदूत न्यान्सी जे. पावेलले प्रधानमन्त्री एबं नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँगको भेटमा सो कुराको जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई अमेरिकी राजदूतले मंगलबार दिउसो प्रंधानमन्त्री कार्यालयमा भेटेकी थिइन् । 'अमेरिकी सरकारले नेकपा माओवादीलाई आतंककारी सूचिबाट हटाउने प्रकृया सुरु गरिसकेको छ' राजदूत पावेलको भनाई थियो- 'तर हटाउने प्रकृया लामो भएकाले यसकालागि अझै केही समय लाग्नेछ ।'

विगतमा नेपाली माओवादीलाई आतंककारी सरह व्यवहार गर्दै आएपनि माओवादीले सरकारको नेतृत्व गरेपछि भने अमेरिकी व्यवहारमा निकै सकरात्मक परिवर्तन भएको छ । प्रधानमन्त्री प्रचण्डले अमेरिकाको भ्रमणसमेत गरिसकेका छन् र अमेरिकी राष्ट्रपतिसँग भेटपनि गरिसकेका छन् ।

यो स्थितिमा माओवादीलाई औपचारिक रुपले आतंककारीको सूचिबाट हटाउनुपर्ने माग अमेरिकाभित्रैबाटपनि हुन थालेको थियो । माओवादीको नाम आतंककारी सूचिबाट हटाउन नेपालको शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका खेलेका पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले प्रयत्न थालेका थिए ।

प्रधानमन्त्रीका विदेश सल्लाहकार हीराबहादुर थापाका अनुसार आतंककारी सूचिबाट हटाउने बारेमा प्रधानमन्त्रीले कुनै कुरा नउठाएपनि मंगलबारको कुराकानीमा राजदूत पावेलले आफैले सो सम्बन्धी प्रकृया सुरु भैसकेको जानकारी दिएकी थिइन् ।

'प्रधानमन्त्रीज्यूको भ्रमणले अमेरिकामा सकरात्मक प्रभाव पारेको छ' राजदूत पावेलले प्रचण्डको प्रसंशा गर्दै भनेकी थिइन् । उनले नेपालको आर्थिक उन्नतिमा अमेरिका र अमेरिकी नागरिकहरुपनि इच्छुक रहेको बताएकी थिइन् । राजदूतबाट यस्तो प्रतिकृया पाएपछि प्रचण्डले उनलाई धन्यवाद दिएका थिए ।

US Ambassador to Nepal Nancy Powell. Photo courtesy: nepal.usembassy.gov

-Sitaram Baral in Kathmandu



   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®