|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादी मन्त्रीहरुको राजिनामा यस्तो छ काठमाडौं, June 21, 2008- प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा गरी नयाँ सरकार बनाउने बाटो खुल्ला गर्न आलटाल गरेको भन्दै माओवादी मन्त्रीहरुले शुक्रबार मन्त्री मण्डलबाट राजिनामा दिएका छन् । माओवादी मन्त्रीको राजिनामापछि प्रधानमन्त्री कोइराला र नेपाली कांग्रेस अप्ठेरोमा परेको छ । माओवादी र एमालेले राजिनामाको तत्कालिन कारण संविधान सभाको बैठकको मिति लम्ब्याउनुलाई बनाएका छन् । Maoists ministers' resignation letter. जानकारी अनुसार माओवादी र एमाले राष्ट्रपति एबं प्रधानमन्त्री सम्बन्धी विवाद संविधान सभाबाट टुङ्ग्याउनकालागि असार ८ गते संविधान सभाको बैठक आयोजना गराउन चाहन्थे । यसै अनुसार संविधान सभा कार्यव्यवस्था परापर्श समितिको बैठकमा जेष्ठ सदस्य कूलबहादुर गुरुङ्गलाई माओवादी र एमालेका सदस्यहरुले बैठक ८ गते आव्हान गर्न सुझाव दिएका थिए । तर नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका जेष्ठ सदस्य गुरुङ्गले शुक्रबारको संविधान सभा बैठकमा संविधान सभाको बैठक असार ११ गतेमात्र आव्हान गरिदिए । संविधान सभा कार्यव्यवस्था परापर्श समितिमा अन्य दलको सुझाव अनुसार बैठक आव्हान गर्नुपर्नेमा गुरुङ्गले माओवादी र एमालेको सुझाव लत्याएको र नयाँ सरकार गठनको प्रकृया लम्ब्याउन खोजेको भन्दै माओवादी मन्त्रीहरुले राजिनामा दिएका हुन् । असार ४ गतेसम्म नयाँ सरकार गठनकालागि प्रधानमन्त्रीले बाटो खुला नगरे राजिनामा दिने घोषणा माओवादीले गरिसकेको थियो । तर कांग्रेसले पटक-पटक राजिनामा नदिन आग्रह गरेबमोजिम राजिनामा थाति रहँदै आएको थियो । संविधान सभाको बैठक ८ असारको सट्टा ११ असारमा बोलाइएपछि र राजिनामा लिन प्रधानमन्त्री कोइरालाले कार्यालय समय सकिएको बताएपछि अध्यक्ष प्रचण्डले शुक्रबार बेलुकी सात दलको बैठकमा दिएका थिए । असार ४ गतेको राजिनामा पत्रमा असार ६ को मिति राखेर राजिनामा पत्र दिइएको थियो । मन्त्रीहरुले दिएको राजिनामा पत्रका साथ अध्यक्ष प्रचण्डको पत्र पनि छ जसमा आफ्नो पार्टीका मन्त्रीहरुको राजिनामा स्वीकृत गरिदिन आग्रह गरिएको छ । प्रधानमन्त्री कोइराला सात दलका शीर्ष नेताहरुको बैठकमा उपस्थित हुनपनि आलटाल गरिरहेका छन् । विहीबारको बैठकमा एक मिनेटमात्र उपस्थित भएका प्रधानमन्त्रीले माओवादी र एमालेबीचको सहमतिप्रति आक्रोस व्यक्त गर्दै बैठकबाट बाहिरिएका थिए । उनले आफूलाई सात दलले प्रधानमन्त्री बनाएको भन्दै सातै दलले राजिनामा दिन भनेमात्र राजिनामा दिने अन्यथा नदिने अडान राखेका थिए । माओवादी मन्त्रीको राजिनामा पछि कोइरालालेपनि अब राजिनामा दिनपर्नेछ । जानकारी अनुसार कांग्रेसले आइतबारपनि सात दलका शीर्ष नेताहरुको बैठक आयोजना गर्ने र त्यसबाट निकास निकाल्ने बताउँदै आइतबारसम्म राजिनामा रोक्न आग्रह गरेको थियो । तर कांग्रेसले पटक पटक यसै भन्दै झुक्याइरहेको बताउँदै माओवादी मन्त्रीहरुको राजिनामा सात दलको बैठकमा माओवादी नेतृत्वले बुझाएको थियो । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®