Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अमेरिका जान माओवादी मन्त्रीलाई अन्तर्वार्ता दिन दूताबासमा बोलाहट

काठमाण्डौं, November 26, 2008- के मन्त्री जस्तो उच्च ओहोदावाल व्यक्तित्व कुनै देशमा जानकालागि भीषा लिन नेपालको राष्ट्रिय झण्डा फहराएको गाडीमा सम्बन्धित देशको नेपालस्थित दूताबासमा भीषाकालागि अन्तर्वार्ता दिन जानु पर्छ ?

नपर्नुपर्ने हो । तर नेपालस्थित अमेरिकी दूतावासले सामान्य प्रशासनमन्त्री एबं माओवादी नेतृ पम्फा भूषाललाई भीषाकालागि अन्तर्वाता दिन आउन भनेपछि माओवादी र अमेरिकाबीच सुध्रँदै गएको सम्बन्धमा फेरि चिसोपना आउन थालेको छ ।

अन्तर्वार्ता दिन नआएको भन्दै सामान्य प्रशासनमन्त्री तथा माओवादी नेत्री पम्फा भुसाललाई अमेरिका जान दूतावासले भीसा नदिएपछि मन्त्री भूषालको अमेरिका पुग्ने कार्यक्रम रद्ध भएको छ । जानकारीअनुसार ब्राजिलमा हुने एउटा कार्यक्रममा भाग लिन जान लागेकी भूषालको अमेरिका जाने कार्यक्रमपनि थियो ।

भूषाल यही शनिबार ब्राजिलतर्फ लागिसकेकी छिन् । अमेरिकाकालागि मन्त्री भूषालले अघिल्लो सोमबार दूतावासमा निवेदन दिएकी थिइन् । त्यसपछि मन्त्री भुसाललाई अन्तर्वार्ताका लागि उपस्थित हुन भनिएको थियो ।

मन्त्री भुसालले अन्तर्वार्ताका लागि दूतावासले खबर पठाउनासाथ मुख्यसचिव डा. भोजराज घिमिरेलाई फोन गरी भिसाका लागि पहल गर्न अनुरोध गरेकी थिइन् । त्यसपछि अन्तर्राष्ट्रिय प्रचलनअनुसार मन्त्रीजस्तो व्यक्तिलाई भीषा दिन परराष्ट्र मन्त्रालयले नेपालस्थित अमेरिकी दूतावाससँग विना अन्तर्वार्ता भीषा दिन भनेको थियो । तर पनि उनलाई भीषा दिइएन् ।

मन्त्री भूषाल निकट श्रोतकाअनुसार उनले ब्राजिलका लागि भन्दाअघि नै अमेरिकी दूतावासमा भिसाका लागि निवेदन दिएकी थिइन् । महिला तथा बालबालिकाविरुद्ध भइरहेको यौनजन्य िहंसाका बारेमा ब्राजिलमा हुने कार्यक्रममा भाग लिन गएकी भुसालले अमेरिकाका लागि टिकटसमेत बुकिङ गरिसकेकी थिइन् ।

'उहाँले तीन दिन वािसंटनस्थित नेपाली दूतावासमा बस्ने भनेर बकाइदा निवेदन दिनु भएको थियो' श्रोतले भन्यो- 'मन्त्रीलाई अन्तर्वार्ताका लागि बोलाउन ढिपी गरिरहे उहाँले आफ्ननो पदीय मर्यादा ख्याल गर्दै अन्तर्वाता दिन जान अस्वीकार गर्नुभयो र अमेरिका जाने कार्यक्रमपनि रद्द गर्नुपर्यो ।'

-Sitaram Baral in Kathmandu



   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®