Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी नयाँ सरकार बनाउन र जनमुखी कार्यक्रम ल्याउन बैठकमा

काठमाडौं,  August 1, 2008- कांग्रेस, एमाले र फोरमको गठबन्धनले माओवादीलाई सरकारमा जान दिने सम्भावना अझै नरहेपनि सरकार गठनकालागि माओवादीले अन्तिम प्रयत्न सुरु गरेको छ ।

सहमतिको सरकार गठनकालागि तीन दलले साझा नीति र कार्यक्रम तय गर्न भनेकाले साझा नीति तथा कार्यक्रम तय गर्न विहीबारदेखि माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

माओवादी श्रोतका अनुसार बैठकमा माओवादी अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र' जनजीविका' राष्ट्रियताको सवाललाई समेटेर माओवादी नेतृत्वको सरकारले ल्याउने नीति तथा कार्यक्रमको मोटामोटी खाका प्रस्तुत गरेका छन् । त्यस सम्बन्धमा विहीबारदेखि नै केन्द्रीय सदस्यहरुले छलफल प्रारम्भ गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा माओवादी उम्मेदवारहरुको पराजयपछि सरकारमा जाने र नजाने बारेमा माओवादीभित्र दुई धार देखा परेको छ । अब सरकारमा जाँदा माओवादी विरुद्ध गठन भएको तीन दलीय गठबन्धनले जनताको पक्षमा कुनै काम गर्न नदिने भएकाले विपक्षमा बसेर संविधान निर्माणमा भूमिका खेल्ने, जनजीविका र राष्ट्रियताको पक्षमा आन्दोलन गर्ने पक्ष पार्टीभित्र बलशाली देखिएको छ ।

यद्यपी संविधान सभा निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा माओवादीलाई जनादेश प्राप्त भएकाले जनादेश अनुरुप छोटो समयमालागि भएपनि सरकार गठन गर्ने र जनतालाई राहत दिने कार्यक्रमहरु घोषणा गरेर पार्टीको पक्षमा जनमत अरु बढाउने पक्षमा केही नेताहरु छन्। । बिद्रोहद्धारा नै सत्ता कब्जा गर्ने निर्णयमा पुगेका माओवादी नेताहरु सरकारमा जाँदा बिद्रोहकालागि अनुकूल वातावरण बन्छ कि सरकार बाहिरै बसेर बन्छ भन्ने विचार मन्थनमा छन् ।

केही नेताहरुको धारणा सरकारमा गई लोकप्रिय कार्यक्रम ल्याउँदा जनता पार्टीप्रति अरु आकर्षित हुने स्थितिमा कांग्रेस-एमाले-फोरम गठबन्धनले सरकार ढाल्न प्रयत्न गर्ने र जनता माओवादी सरकारको पक्षमा विद्रोहमा उत्रने भएको त्यो बेला विद्रोहद्धारा सम्पूर्ण सत्ता कब्जा गर्न सकिने ठहर एउटा पक्षको छ । अर्को
पक्ष भने तीन दलीय गठबन्धनले जनपक्षीय कार्यक्रम ल्याउनै नदिने भएकाले सरकारमा गएर पार्टी बदनाम मात्र हुन्छ त्यसैले विपक्षमा बसेर बिद्रोहको तैयारीमा लाग्नुपर्छ भन्ने अडानमा छ ।

जानकारी अनुसार नीति तथा कार्यक्रम कस्तो ल्याउने र सरकारमा जाने वा नजाने भन्ने बारेमा आजको बैठकले निर्णय गर्नेछ ।

-Sitaram Baral in Kathmandu




   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®