|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादीको वैठकमा 'प्रचण्ड' र 'किरण' बीचमा आधारभूत अन्तर काठमाण्डौं, November 18, 2008- नेकपा माओवादी केन्द्रीय समितिको वैठक भक्तपुरको खरीपाटीमा जारी छ । मंसिर २ गतेदेखि शुरु वैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता मोहन वैद्य 'किरण'ले छुट्टाछट्टै कार्यपत्र पेश गरेका छन् । कार्यदिशाका बारेमा मतभेद चर्कदै गएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केहीबेरमा पार्टीका नेताहरुसँग छलफल गरेका थिए । संसदीय गणतन्त्र, संक्रमणकालीन गणतन्त्र र जनगणतन्त्रको प्रचण्डको प्रस्ताव विरुद्ध वरिष्ठ नेता किरणले जनविद्रोह र जनगणतन्त्रको प्रस्ताव अघि सारेपछि विवाद चर्कदै जाँदा माओवादी नेताहरु दुई खेमामा विभाजित भएका छन् । प्रचण्डले पेश गरेको प्रतिवेदनले आफ्नो भावना समेट्न नसकेको भन्दै किरणले जनविद्रोह र जनगणतन्त्रको प्रस्ताव पेश गर्नुभएको छ । किरण पक्षधर एक नेताले दुई वटा प्रस्तावका बीचमा आधारभूत अन्तर रहेको दावी गरेका छन् । पार्टीको कार्यशैली, कार्यदिशा नेपाली जनताको भाग्य भविष्यको फैसला र जनयुद्धका क्रममा बगेको रगत, सरकारको नाराका विषयमा गंभीर छलफल गर्नुपर्ने अवस्था उत्पन्न भएको र केन्द्रीय समिति यसमा गंभीर हुनुपर्ने स्रोतको दाबी छ । दुवै प्रस्तावका बारेमा प्रचण्ड र किरणका बीचमा छलफल भई एक भएर आउन पनि सक्ने र बहुमत वा अल्पमत निर्णय प्रकि्रयामा पनि जान सक्ने बताए । पार्टी भित्र नयाँ विचारका आधारमा नयाँ एकता हुनुपर्ने भन्दै उनले अब पुरानो विचारका आधारमा एकता नहुने भन्दै पार्टी एकता संघर्ष र रुपान्तरणको प्रकि्रयामा एक हुँदै अघि बढ्ने दावी गरे । त्यस्तै भोलि बस्ने केन्द्रीय समितिको पुर्ण बैठक र कार्तिक छ गते देिख सुरु हुने राष्ट्रिय कार्यकता भेलाको तयारी र एजेन्डाका बिषयमा पनि छलफल हुने स्रोतले बताएको छ । राष्ट्रिय भेला पछि पनि केन्द्रीय समिति बैठकले निरन्तरता पाउने छ । वरिष्ठ नेता मोहन वैद्य 'किरण'ले सेना समायोजनको मापदण्ड संविधानमा उल्लेख गरेपछि मात्र समायोजन प्रकि्रया शुरु गर्नुपर्ने प्रस्तावमा उल्लेख गर्नुभएको छ । राज्य समिति बैठकबाट आएका सुझावहरुलाई समेटेर तयार पारेको किरणको प्रस्तावमा सेना समायोजनका नाममा जनमुक्ति सेनालाई आत्मसमर्पण नगराउने उल्लेख गर्नुभएको छ । जनवादी क्रान्ति सम्पन्न गर्न सेना समायोजन गर्दा गम्भीर छलफल र गृहकार्य आवश्यक भएको धारणा किरणको प्रतिवेदनमा उल्लेख छ । क्रान्तिका लागि माथिल्लो तहबाटै शसक्त रुपमा पहलकदमी लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसअघिको केन्द्रीय वैठकमा पनि दुबै नेताले फरक फरक प्रतिवेदन प्रस्तुत गरेका थिए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||