Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीहरु सामूहिक निचोड निकालिने कुरामा ढुक्‍क

काठमाण्डौं, November 23, 2008- नेकपा माओवादी राष्ट्रिय कार्यकर्ता भेलामा मंसिर ८ गते हुने भनिएको सामूहिक छलफल ९ गतेसम्म लागि सरेको छ । समूहगत छलफलमा भएको कुरा समेटेर निचोड निकालेपछि मात्र भोलि सामूहिक छलफल हुने सहभागि एक सदस्यले जानकारी दिए ।

भक्तपुरको खरिपाटीमा विभिन्न २१ वटा समूहमा अध्यक्ष प्रचण्ड र किरणका प्रस्तावमाथि छलफल भएको थियो । अस्तिदेखि शुरु भएको भेलामा हिजोदेखि तात्कालिक कार्यनीति, जनमुखि संविधान निर्माण गरी प्रतिष्पर्धात्मक जनगणतन्त्र हुनुपर्ने अध्यक्ष प्रचण्डको प्रतिवेदन र तत्काल जनविद्रोह गरी जनगणतन्त्रमा जानुपर्ने किरणको प्रतिवेदनमाथि समूहगत छलफल भएको हो । छलफलमा सहभागीहरुले पार्टीलाई एकढिक्का बनाएर लैजान नेतृत्वलाई दबाब दिएका एक केन्द्रीय सदस्यले जानकारी दिए । भेलामा सहभागी एक सदस्यका अनुसार छलफलका लागि भेलामा सहभागी अगुवा कार्यकतालाई २० र सल्लाहाकार को एक सहित २१ समुहमा बाँडेर शुरु भएको छलफलमा सहभागिहरुले दुवै प्रस्तावका क्रान्तीकारी विचार र योजनाहरुलाई उचित ढंगले मिलाएर अघि वढ्नु पर्नेमा जोड दिएका छन् ।

उनीहरुले यो वा त्यो समुहको विचार नभनिकन जनताका आकाक्षाको सम्वोधन गर्दे पार्टि निरन्तर क्रान्तीकारी रहिरहनु पर्नेमा जोड दिएको भेलाका सहभागी पुर्व राज्य मन्त्री तथा माओवादी सभासद पदम राईले जानकारी दिए ।

प्रतिस्पर्धात्मक जनपक्षीय सघात्मक गणतन्त्रको कार्यनीति अगाडी सार्दै प्रचण्डले जनगणतन्त्रलाई अहिले कार्यनीति वनाई हाल्न नहुने उल्लेख गरेका छन् भने नेता किरणले संघात्मक राष्ट्रिय जनगणतन्त्रको कार्यनीति अघि सारेका छन् ।

पार्टीका ११ वटा राज्यसमिति र ३ वटा उपराज्यसमितिका सबै सदस्यहरु तथा केन्द्रीय सल्लाहकार सहभागी सो भेलाका सहभागीले जति सुकै ठूलो विवाद उत्पन्न भएपनि पार्टी भित्रै मिलाइने विश्वास व्यक्त गरेका छन् ।

-Santa Bagam in Kathmandu










   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®