|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
माओवादीका कामी डांडादेखी बुद्धनगरसम्मका निर्णयहरुको मुल्याङ्कन हुने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाडौँ, October 3, 2008- पार्टीको आगामी रणनीति र
कार्यनीतिका विषयमा छलफल गर्न असोज १७ देखि शुरु भएको नेकपा माओवादी
केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले डेढ
महिना भित्र राष्ट्रिय भेला आयोजना गरी छिट्टै पार्टीको महाधिवेशन आयोजना
गर्न प्रस्ताव गरेका छन् । अहिले देखिएका सांगठनिक, राजनीतिक विचारधारात्मक र कार्यनीतिक लगायतका सम्पूर्ण समस्या राष्ट्रिय भेला मार्फत समाधान गरी महाधिवेशन आयोजना गर्न प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बैठकमा प्रंस्ताव गर्नुभएको माओवादी स्रोतले जनाएको छ । मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा शुरु भएको बैठकको शुरुमै अध्यक्ष प्रचण्डले समसामयिक राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक समीक्षा गरी बुँदागत रुपमा प्रस्ताव राखी तिनको व्याख्या गरेका थिए । यसैगरी अन्य वामदलहरुसँग एकताको प्रकृयालाई अघि बढाउने विषय पनि अध्यक्षको प्रस्तावमा समेटिएको छ भने आजको बैठकमा अन्य कुनै केन्द्रीय सदस्यले विचार व्यक्त नगरेको स्रोतले जनाएको छ । भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको बैठकमा अध्यक्ष प्रचण्ड लगायत माओवादीकातर्फबाट मन्त्री भएका माओवादी नेताहरुको बिदेश भ्रमणको उपलव्धीबारे पनि छलफल हुनॆछ । संविधान सभाको निर्वाचन र पार्टीले सरकारको नेतृत्व गरेपछि पहिलो पटक बसेको वैठकमा शान्ति प्रकृया, पार्टीको सांगठनिक संरचना र सरकारका कामकारवाहीको बारेमा समिक्षा र मुल्याङ्कन हुने माओवादी नेता मोहन वैद्य 'किरण'ले जानकारी दिए । पार्टीले सरकारको नेतृत्व गरिरहँदा पनि शहिद परिवारका समस्याको समाधान गर्न नसकिएको, वेपत्ताहरुको अवस्था सार्वजनिक गर्न पहल नभएको र ग्रामीण इलाकामा पार्टी कार्यकर्ताहरुमा अन्यौलता छाएको भन्ने गुनासा आईरहेको बेलामा बस्नलागेको बैठकमा शहरमा बसेका नेतृत्वमा बढ्दो सुविधाभोगी चिन्तनका विषयमा पनि छलफल हुनेछ । माओवादीका शान्ति प्रकृयामा आइसकेपछि बसेको कामीडांडा वैठकका निर्णयहरु र कार्यनीति सफल भैसकेपछि अब अर्को नयाँ कार्यनीति मार्फत अगाडि वढ्ने वा त्यसलाइ अझै विकसित गरेर अगाडि वढ्ने भन्ने विषयमा देखिएका अन्यौलताहरुलाइ पनि यस वैठकले टुंगो लगाउने स्रोतले जनाएको छ । करिव एक साता बस्ने बैठकमा कतिपय सैद्धान्तिक विषयहरु पनि उठ्ने जनाइएको छ । लोकततान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै पुजीवादी प्रजातान्त्रिक संसदीय व्यवस्था मार्फत लोकप्रिय कार्यक्रमहरु लागु गरि जनवादी गणतन्त्रमा जाने उदेश्यलाई अख्तियार गर्ने वा समाजवादको वातावरण तयार गर्न जनपक्षिय एजेण्डाहरुलाइ मुल मुद्धा बनाएर तत्काल तिनको कार्यान्वयनमा जोड दिने भन्ने विषयमा पनि बहस केन्दित हुने स्रोतले जनाएको छ । बैठकमा पार्टी भित्र देखापर्न थालेको सम्पति मोह, पार्टी सुदृढिकरण, रुपान्तरण, सरकारमा जाँदा गर्न सकिएका उपलव्धी र कमजोरिका पक्षमा पनि समिक्षा हुने स्रोतको दाबी छ । यस हिसाबले वैठक निकै लम्बिन सक्ने उक्त स्रोतले युएस नेपाल अनलाइनलाई बतायो । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||