|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
माओवादी मगरात राज्य समितीको निर्णयहरु |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Maoists Magarat State Committee meeting. Photos: Hari नेकपा माओवादी मगरात राज्य समितीको चौथो पुर्ण बैठक ३ बुदे निर्णय गर्दै सकिएको छ । असोज २७ गते गते देखि पाल्पाको तानसेनमा जारी राज्य समितीको पुर्ण बैठकले बैचारिक, राजनितिक सैदान्तिक बिषयमा महत्वपुर्ण निर्णय गरी सकिएको समितीले आज तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । राज्य समितीले गरेको निर्णयबारे जानकारी गराउदै राज्य समितीका इन्चार्ज तथा केन्द्रिय सदस्य हेमन्तप्रकाश ओली 'सुर्दशन'ले पार्टीको प्रचण्ड पथ बिचारधाराले नै माओवादीलाई यो स्थानसम्म ल्याएको ठहर गर्दै प्रचण्ड पथ बिचारधारालाई बैचारिक रुपमा अगाडी बढाउनु पर्ने, सरकारले ल्याएको निती तथा कार्यक्रम र बजेटलाई जनतासम्म पुर्याई राहतको अनुभुति गराउन पार्टी पङ्ती एक भएर लाग्ने बिषयमा बैठकले निर्णय गरेको बताउनु भयो । बैठकले आउदो कार्तिक २४ गते देखि शुरु हुने पार्टीको राष्ट्रिय भेलामा मगरात क्षेत्रबाट १० बर्षे जनयुद्धदेखि हालसम्मका घाईते, सहिद परिवार, बिस्थापितको पुर्ण तथ्याङ्क संकलन गरी पेश गर्ने, ६ महिना भित्र सेनाको संमायोजन गर्नु पर्न्रे, सेना संमायोजनको लागी देश भक्तिलाई आधार बनाउनु पर्ने, नया मान्यताका आधारमा लोकतान्त्रिक संघिय गणतन्त्रलाई संस्था गर्दै जनगणतन्त्रमा जानु पर्ने लगायतका बिषयहरु सम्मेलनमा पेश गर्ने निर्णय भएको राज्य समितीका इन्चार्ज सुर्दशनले बताउनु भयो । पत्रकार सम्मेलनमा राज्य समितीका सचिब सन्तोष बुढा मगरले पार्टी अध्यक्ष प्रचण्डलॆ अगाडी सारेको नया शासन व्यबस्थाको बारेमा बैठकमा ब्यापक छलफल भएको बताउनु भयो । ब्यक्तिहरुमा रहेको पुरानो सामन्ती संस्कारलाई बदलन्न एकजुट भएर लाग्ने बिषयमा पनि बैठकमा महत्वपुर्ण छलफल भएको नेता बुढाले जानकारी दिनु भयो । समितीको पुर्ण बैठकमा पाल्पा, गुल्मी, अर्घाखाँची, रुकुम, रोल्पा, सल्यान, बाग्लुङ्ग, म्याग्दी, प्युठानका सभासद, पार्टी प्रतिनिधी, सल्लाहकार गरी १ सय १२ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । -Haribahadur Saru Magar in Tansen, Palpa |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||