|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कोइराला र नेपाललाई रक्षानमा पुर्याउनु माओवादीको ऐतिहासिक गल्ती -एमालेका बरिष्ठ नेता बामदेव गौतम काठमाडौं, July 19, 2008- माओवादीसँग एमालेको सम्बन्ध टाढिएपनि एमालेका बरिष्ठ नेता बामदेव गौतमले दुई वर्षभित्र एमाले-माओवादीबीच एकता गराउन आफ्नो प्रयास जारी रहने बताएका छन् । गौतमले माओवादीले गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई रक्षानमा पुर्याएर ऐतिहासिक गल्ती गरेको बताएका छन् । शान्ति प्रकृयालाई अगाडि बढाउन र लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर्याएका नेताहरुको चरित्र हत्या गर्ने माओवादीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीपनि दिएका छन्। 'गिरिजाप्रसाद र माधव नेपाललाई नर्ककुण्डमा पुर्याउने माओवादीले इतिहासमा कहिल्यै नभोगेको परिणामको सामना गर्नुपर्छ' गौतमले चेतावनीको भाषामा भने- 'गिरिजाप्रसाद र माधव नेपालले नगरेको भए माओवादी अझै जंगलमै रहन्थ्यो ।' गत बुधबार राति १० बजे प्रचण्डसंग भएको पछिल्लो छलफलमा माधवकुमार नेपाललाई राष्ट्रपति मान्ने सहमति बनेको र भोलिपल्टै सहमति उल्टनुले शंका जन्माएको बताएका एमाले नेता गौतमले प्रचण्डले सरकार गठनका क्रममा धोका नदिन भन्दा आफूले एक हजार प्रतिशत धोका नहुने प्रतिवद्धता जनाएपछि कुरा मिलेको खुलासा गरे । 'राष्ट्र हाँक्छु भन्ने प्रचण्ड कमरेड धोकाधडीको राजनीतिले कतिन्जेल चल्नुहुन्छ?' उनले प्रश्न गरे । माओवादीले आफूहरुसंगको सहकार्य तोडिसकेको भन्दै उसको नेतृत्वमा बन्ने सरकारमा नजाने स्पष्ट पारे । आफ्नो दलको नेतृत्वले माओवादीसँग र केपी शर्मा ओलीलगायतले कांग्रेससंग सहकार्य गर्नुपर्छ भनेकोमा आफूले राष्ट्रपतिका लागि पछि लाग्ननहुने भनेको खुलासा गरे । सम्बोधनको क्रममा सुरुमा माओवादीप्रति अत्यन्त आक्रामक देखिएपनि गौतले आफूहरु माओवादीविरुद्ध प्रस्तुत नहुने बताए । उनले भने- 'माओवादीको नेतृत्वमा सरकार गठन हुन नदिन हुने षडयन्त्रमा हामी सरिक हुने छैनौं ।' नेकपा माओवादीका सचिवालय सदस्य वर्षमान पुन 'अनन्त' ले माओवादीले कुनै शक्तिकेन्द्रको दबाबमा परेर राष्ट्रपतिमा रामराजाप्रसाद सिंहलाई प्रस्तुत नगरेको बताए । उनले भने- '२० औं वर्षदेखि गणतन्त्र स्थापनाका लागि लागेका रामराजाप्रसाद सिंहको योगदान र व्यक्तित्वको कदर गर्दै राष्ट्रपति प्रस्ताव गरेका हौं यसमा कुनैपनि शक्ति केन्द्रको दबाब छैन ।' उपराष्ट्रपतिमा शान्ता श्रेष्ठको नाम फिर्ता नहुने स्पष्ट पार्दै राष्ट्रपति मधेशी भएपछि उपराष्ट्रपतिमा महिला, जनजाति हुनुपर्छ भन्ने मान्यतामा रहेर प्रस्तुत गरिएकाले फोरमले प्रस्ताव गरेको नाम फिर्ता गराउन पहल भइरहेको बताए । एमालेले माधवकुमार नेपालको साटो अर्को नाम दिन नमानेपछि सहमति बन्न नसकेको बताउँदै माओवादी नेता 'अनन्त' भने- 'राजालाई दाम चढाएर ढोक्नेहरुलाई राष्ट्रपतिका लागि समर्थन गर्न सकिदैन ।' सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले मधेशवादी दलहरुले रामराजाप्रसाद सिंहलाई मत दिने बताए । गणतन्त्रका पक्षमा निरन्तर सकृय भएका रामराजा अन्य उम्मेदवार भन्दा क्षमता र योग्यताले पनि निकै हदमा उपल्लो स्तरको नेता रहेको बताए । उनले भने- 'मधेशविरोधी दलका रामप्रित पासवान र मधेशविरोधी रामवरण यादवभन्दा गणतन्त्रवादी नेता रामराजाको उचाई निकै माथि छ ।' उपराष्ट्रपतिमा सहमति बनाउन माओवादीसँग छलफल भइरहेको बताउँदै सरकारमा जाने नजानेबारे टुंगोमा नपुगिएको बताए । |
|
|
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जीतेन्द्र सोनलले
रामराजाप्रसाद सिंहलाई तीनवटै मधेशवादी दलले समर्थन गर्ने बताए ।
माओवादीबाहेकका दलले मधेशविरोधीहरुलाई अन्य दलले राष्ट्रपतिका रुपमा उठाएको
उनको दाबी थियो । उनले भने- 'जित्ने स्थिति हुँदासम्म कांग्रेस र एमालेले
गिरिजाप्रसाद कोइराला र माधव नेपालजस्ता पहाडी नेता अगाढि सारे जब हार्ने
स्थिति आयो त्यसपछि रामबरण र रामप्रितहरुलाई राष्ट्रपतिको रुपमा उठाए ।
त्यसैले हामी यस्ता मधेश विरोधीहरुको पक्षँमा लाग्दैनौं ।' -Vivek Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||