Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

माओवादीको लहर आयो बरिलै, आँधी अब थामिएला के?

बिशेष काठमाडौं ब्युरोबाट
काठमाडौं, April 12, 2008-संविधान सभा निर्वाचनको पछिल्लो परिणाम अनुसार नेकपा माओवादी ले ५ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । एमालेले १ र नेकाले १ स्थानमा विजय हासिल गरेका छन् ।

माओवादीका २ जना महिला उम्मेदवारहरु संविधान सभा सदस्य बनेका छन् । अधिकांस निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवारहरुले अग्रतासहित बढत हासिल गरिरहेका छन् ।

ललितपुर ३ मा माओवादीकी पम्फा भूषाल १८ हजार ९ सय ३० मत ल्याई बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका रघुजी पन्तले १० हजार ६ सय २५ पाउनु भएको छ भने तेश्रो स्थानमा रहेका नेकाका मोहनश्याम पौडेलले १० हजार २ सय ५१ मत पाएका छन् ।

पाल्पा २ बाट माओवादीकी महिला उम्मेदवार लीला सोमईले १२ हजार ७ सय ५० मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका सोमप्रसाद पाण्डेले १० हजार ९ सय २९ मत पाएका छन् । तेश्रो स्थानमा कांग्रेस उम्मेदवारले १० हजार ८ सय २ मत पाएका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङ्गमा नेकपा एमाले का चन्द्रबहादुर गुरुङ्गले २ हजार ४ सय ५६ मत ल्याई विजय हासिल गरेका छन् । कांग्रेसका शुशीलमान शेरचनले २ हजार ३ सय ९२ मत ल्याई निकटतम प्रतिद्धन्दी बनेका छन् ।

हिमालपारिको अर्को जिल्ला मनाङ्गमा यसअघि नै नेकपा माओवादी का देब गुरुङ्गले विजय हासिल गरिसकेका छन् ।

गुल्मीका दुई निर्वाचन क्षेत्रमा माओवादी र एक निर्वाचन क्षेत्रमा एमाले अघि छ । गुल्मी- २ मा एमालेका प्रदीप ज्ञवालीले ६ हजार ३ सय १३ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी नेकाका चन्द्र भण्डारीले ४ हजार २ सय ३३ मतका साथ दोश्रो स्थानमा छन् । त्यहाँ कमजोर देखिएका माओवादी उम्मेदवारले जम्मा २ हजार ४ सय २० मत ल्याएर तेश्रो स्थानमा छन् ।

गुल्मी- १ मा माओवादीका सुदर्शन बराल मगर करिव १५ सय मतान्तरले कांग्रेसकी सुवर्ण ज्वारचनलाई उछिनेका छन् । मगरले ५ हजार ८ सय ३० मत पाएका छन् भने ज्वारचनले ४ हजार ३ सय ६६ मत पाएकी छिन् । एमाले उम्मेदवारको मत ३ हजार ८ सय ६५ छ ।

गुल्मी- ३ मा अग्रस्थानमा रहेका माओवादीका चन्द्रबहादुर थापा सागर ले ७ हजार ५ सय २२ मतका साथ एमालेका गोकर्णराज विष्टलाई उछिनेका छन् । विष्टले ७ हजार १ सय ९० मत पाएका छन् ।

काठमाडौं- २ मा एमाले महासचिव नेपालको स्थिति सुध्रनुको सट्टा अरु बिगंरँदै गएको छ । दोश्रो स्थानमा उहाँले आफूलाई सुरक्षित राखेपनि माओवादीका झक्कु सुवेदीले ९ हजार ८ सय ५७ मत ल्याएका छन् । महासचिव नेपाल करिव २ हजार मतान्तरले पछाडि हुनुहुन्छ । उहाँले ७ हजार ८ सय ६६ मत प्राप्त गर्नुभएको छ ।

नेकाका बरिष्ठ नेता शेरबहादुर देउवा डडेल्धुरा र कन्‍चनपुर- ४ का दुवै निर्वाचन क्षेत्रमा अग्रस्थानमा अग्रस्थानमा हुनुहुन्छ भने उपसभापति रामचन्द्र पौडेल फेरि तनहुँ- २ मा करिव १३ सय मतले अगाडि देखिनु भएको छ । तर तनहुँ- १ मा माओवादी उम्मेदवार सुरेश आले मगरले कांग्रेसको गोविन्दराज जोशीलाई २ हजार भन्दा बढि मतले पछाडि पारिरहनु भएको छ ।

धनकुटा- २ मा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापालाई माओवादी उम्मेदवारले भारी मतान्तरले पछि पारेका छन् । थापा तेश्रो स्थानमा छन् । माओवादीका हरिराज खेवाले त्यहाँ ४ हजार ७ सय ४४ मत ल्याएका छन् भने एमालेका धर्मराज पौडेलले ४ हजार ३ सय ७८ मत पाएका छन् । राजपाका अध्यक्ष थापाले जम्मा १ हजार ८ सय ९० मत ल्याएका छन् ।

धनकुटा- १ मा पनि माओवादीले अग्रता हासिल गरेको छ । त्यहाँका माओवादी उम्मेदवार हेमराज भण्डारीले ४ हजार १ सय ६ मत ल्याएका छन् भने निकटतम प्रतिद्धन्दी एमालेका केन्द्रीय सदस्य रकम चेम्जोङ्ग ३ हजार ४ सय १६ मतका साथ पछ्‍याइरहेका छन् ।

पूर्व अर्थमन्त्री एबं एमालेका बरिष्ठ नेता भरतमोहन अधिकारीलाई मोरङ्ग- २ मा माओवादी उम्मेदवार लालबहादुर सुस्लिङ्ग मगरले दोब्बर बढि मतले उछिनेका छन् । माओवादीका मगरले ४ हजार १४ मत पाएका छन् भने एमालेका अधिकारीले १ हजार ८ सय २ मतमात्र ल्‍याएका छन् । मोरङ्गका ९ निर्वाचन क्षेत्रमध्ये ३ वटामा माओवादी, ३ वटामा फोरम र दुई निर्वाचन क्षेत्रमा नेका अगाडि देखिएको छ ।

पूर्वी तराईमा मधेशी जनअधिकार फोरम, एमाले माओवादी र नेपाली कांग्रेसबीच तीब्र प्रतिस्पर्धाको स्थिति देखिएको छ भने पश्चिमी तराईमा माओवादीले एकछत्र विजय हासिल गर्ने स्थिति देखिएको छ । पहाडी जिल्लाहरुमा माओवादीको घना पकड रहेको निर्वाचन परिणामहरुले देखाएका छन् ।







तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®