|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादी नेताहरु रातारात नवधनाढ्य हुन लागेको आरोप काठमाण्डौं, January 9, 2009- नेकपा माओवादी अवध उपराज्य समिति रुपन्देही, नवलपरासी र कपिलवस्तुका अगुवा कार्यकर्ताको पुस २५ गते बुटवलमा शुरु भएको प्रशिक्षणमा तल्लो तहका कार्यकर्ताहरुले सत्तामा गएका नेताहरुको जीवनशैली र व्यवहारप्रति चर्को आक्रोश पोखेका छन् । माओवादीका वरिष्ठ नेता तथा अर्थ मन्त्री डा. बाबुराम भट्टराईले प्रशिक्षण दिने कार्यक्रममा उपस्थित करिब १२ सय जना इलाका स्तरसम्मका कार्यकर्ताहरुले सत्तामा पुगेका नेताहरुको जीवनशैली र व्यवहार पार्टी नीतिविपरित सुविधाभोगी भएको र बुर्जुवा पार्टीका नेतासंग फरक नभएको भन्दै आक्रोश पोखेका हुन् । बुटवलबाट सहयोगी पत्रकार गोविन्द थापाले जनाएअनुसार प्रशिक्षणमा सहभागी रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठका अनुसार अधिकांश कार्यकर्ताहरुले पार्टीको राजनीतिक लाइन सबैभन्दा अग्रगामी र क्रान्तिकारी हुदाहुदै पनि सत्तामा पुगेपछि जनचाहनाअनुसार काम गर्न नसकेको र कतिपय निर्णय विवादास्पद गर्दा कार्यकर्ता तथा आम जनतामा पार्टीप्रतिको आकर्षण घटेको भन्दै सचेत हुन आग्रह गरॆका थिए । पार्टीमा जनयुद्धकालदेखि समर्पित इमान्दार कार्यकर्ता, शहिद परिवार उपेक्षित भएको र अवसरवादीहरुलाई पार्टीले संरक्षण गरेको गुनासो समेत केही कार्यकर्ताले राखेका थिए । पार्टी केन्द्रीय कमिटीको निति विपरित केही नेताहरु नीजि सम्पति जोडेर रातारात नवधनाढ्य हुन लागेको भन्दै यस्तो प्रवृत्तिलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने माग समेत कार्यकर्ताहरुले गरेको प्रशिक्षणमा सहभागी एक नेताले बताएका छन् । उनीहरुले मधेशमा पार्टीको स्थिति तुलनात्मकरुपमा कमजोर रहेको भन्दै केन्द्रबाटै विशेष योजना ल्याउन माग गरेका छन् । कार्यक्रममा वरिष्ठ नेता डा. बाबुराम भट्टराई र देबेन्द्र पौडेल 'सुनिल'ले प्रशिक्षण दिनुहुनेछ । अहिलेसम्म रुपन्देही, नवलपरासी र कपिलवस्तुका सचिवहरुले पार्टीको सांगठानिक अवस्था र समस्याहरुका बारेमा रिपोर्टिङ गरिसेका छन् । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||