|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादी नेता-कार्यकर्ताले ७० बर्ष पुगेपछि
पार्टीबाट अवकास लिनुपर्ने काठमाण्डौं, November 5, 2008- नेपालका नेताहरु नमरुन्जेलसम्म पार्टीको नेतृत्वदायी अंगमा रहेर पदलोलुप चरित्र प्रदर्शन गरिरहेका बेला माओवादीले आफ्नो पार्टीभित्र गर्न लागेको उमेर हदसम्बन्धी व्यवस्थाले अन्य पार्टीहरुलाईपनि सकरात्मक शिक्षा दिन सक्छ । माओवादीले आफ्नो नेता, कार्यकर्ताहरु कति बर्षको उमेरसम्म सकृय पार्टी कमिटीमा बसेर काम गर्न पाउने भन्ने उमेरको हद तोक्ने भएको छ । अब माओवादीका हरेक तहका नेता-कार्यकर्ताले ७० बर्ष उमेर पुगेपछि पार्टीका कमिटीहरुबाट अवकास लिनुपर्ने भएको छ । राष्ट्रिय भेलाको तैयारीमा रहेको माओवादीको आगामी राष्ट्रिय सम्मेलन मंसीर ५ देखि १० मा यस सम्बन्धी प्रस्ताव लगिने भएको छ । पार्टीको अन्तरिम विधानमै यस्तो व्यवस्था गरी माओवादीका सचिवालय सदस्य तथा न्याय, कानुन तथा संविधान सभा मन्त्री देब गुरुङ्गले यस्तो प्रस्ताव तैयार पारिसकेका छन् । यो प्रस्तावअनुसार माओवादी अध्यक्ष प्रचण्डले अरु १८ बर्ष पार्टीका कमिटीहरुमा रहेर सकृय राजनीति गर्न सक्नेछन् । प्रचण्ड हाल ५२ बर्षका छन् । उनको नेतृत्वलाई चुनौति दिन थालेका बरिष्ठ नेता मोहन बैद्य 'किरण' भने आगामी ९ बर्षसम्ममात्र पार्टी कमिटीहरुमा रहेर राजनीति गर्न सक्नेछन् । किरण ६१ बर्षका छन् । माओवादीभित्र फरक-फरक धारमा रहेका नेताका रुपमा प्रस्तुत गरिएका डा. बाबुराम भट्टराई र रामबहादुर थापा 'बादल' ले भने आगामी १७ वर्षसम्म यस्तो जिम्मेवारी सम्हाल्न पाउनेछन् किनभने उनीहरु दुबै जना ५३ बर्षका छन् । यस्तो व्यवस्था गर्ने नेता गुरुङ्गको उमेर अझै ५० ननाघेकाले उनले अझै २०-२२ बर्ष पार्टी कमिटीमार्फत् सकृय हुन सक्नेछन् । प्रचण्डपछिका उपरोक्त तीनै जना नेता पार्टीभित्र प्रचण्डको उत्तराधिकार सम्हाल्नसक्ने नेताका रुपमा चिनिन्छन् । यसैगरी वरिष्ठ नेताद्धय पोष्टबहादुर बोगटी 'दिवाकर' र सिपी गजुरेल 'गौरव' ले क्रमशः १४ वर्ष र १० वर्ष यस्तो जिम्मेवारी सम्हाल्ने अवसर पाउनेछन् । किनभने बोगटी ५५ बर्षका छन् भने गजुरेल ६० बर्षका छन् । उमेरको हद काटेर अवकाश पाएपछि उनीहरुको जीवन निर्वाहको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ । यद्यपी अर्थमन्त्रीसमेत रहेका माओवादी नेता डा. बाबुरामले पेश गरेको बजेटमा ७० बर्ष पुगेका बृद्धहरुलाई मासिक ५ सय रुपैयाँ व्यवस्था गरेकाले ७० बर्ष उमेर पुगी अवकास पाउने पार्टी नेताहरुले सरकारी भत्तासमेत पाउनेछन् । गुरुङ्ले पेश गरेको प्रस्तावमा भनिएको छ- 'कुनै पनि पार्टी सदस्य ७० वर्ष उमेर पुगेपछि सकृय पार्टी कमिटीको जिम्मेवारीबाट अवकाश हुनेछ, त्यस पूर्व पनि सम्बन्धित सदस्यले चाहेमा अवकाश लिन सक्नेछ, अवकाशप्राप्त भूपू सदस्यहरुलाई जीवन निर्वाहको आवश्यक व्यवस्था पार्टीले गर्नेछ ।' नेपालका हरेक नेताहरु नमरुन्जेलसम्म पार्टीको नेतृत्वदायी अंगमा रहेर पदलोलुप चरित्र प्रदर्शन गरिरहेका बेला माओवादीले आफ्नो पार्टीभित्र गर्न लागेको उमेर हदसम्बन्धी व्यवस्थाले अन्य पार्टीहरुलाईपनि सकरात्मक शिक्षा दिन सक्छ । तर नीति बनाएरमात्र हुँदैन यसलाई माओवादी आफैले पालना गरेर देखाउनु जरुरी छ। -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||